कीवर्डहरू -

आईओएस १५  सार्वजनिक, फोकस मोड र आईप्याड विजेटको फिचर अपडेट गर्दै गूगल

आईओएस १५  सार्वजनिक, फोकस मोड र आईप्याड विजेटको फिचर अपडेट गर्दै गूगल

गूगलले आईओएस १५ मा फोकस मोड र आईप्याड विजेटको फिचर प्रदान गर्ने भएको छ । आईओएस १५ डाउनलोडका लागि उपलब्ध भएसँगै ठूला साना सबै विकासकर्ताले आफ्नो एपलाई अपडेट गर्न थालेका छन् ।

गूगलले जीमेल,मिट, टास्क, म्याप, होम र अरु थुप्रै एपहरुले नोटिफिकेसनलाई कसरी नियन्त्रण गर्छ भन्ने कुरामा परिवर्तन ल्याएको छ ।

प्रयोगकर्ताले फोकस मोड अन गर्दा तुरुन्तै हेरि हाल्नु नपर्ने नोटिफिकेसनहरु नोटिफिकेसन सेन्टरमा गएर बस्ने गूगलले बताएको छ । गूगलले नोटिफिकेसन समसामायिक र सान्दर्भिक बनाउन चाहन्छ ।

आईप्याड हुने प्रयोगकर्ताले गूगल फोटोज र युट्युब म्यूजिक विडजेट प्राप्त गर्न सक्छन् । यी फिचरहरु आउँदो हप्ताहरुमा रोलआउट हुनेछ ।

गूगल ड्राइभ र युट्युब म्यूजिकमा स्पटलाईटको फिचर रहेको छ । यो टूल प्रयोग गरेर कुनै निश्चित फाइल खोजेर गूगलको स्ट्रीमिङ सेवामा गीत बजाउन सकिन्छ ।