कीवर्डहरू -

ओप्पोसँग सहकार्य गरेर वानप्लसले एन्ड्रोईड १३ ल्याउने

ओप्पोसँग सहकार्य गरेर वानप्लसले एन्ड्रोईड १३ ल्याउने

वानप्लसले २०२२ का फ्ल्यागशिप फोनमा ओप्पोसँग सहकार्य गरेको एन्ड्रोईड १३ ल्याउने भएको छ । गत जुनमा वानप्लस ओप्पोसँग आवद्ध भएको थियो । अब कम्पनीलाई वानप्लस २.० को नाम दिईएको छ ।

यो फोनमा वानप्लसको अक्सीजन ओएसको हलुकापन, ओप्पोको कलर ओएसको भरपर्दाेपना र स्मार्टनेसले गर्दा यो फोन ले एकदमै राम्रो प्रस्तुती दिने अनुमान लगाइएको छ ।

आउँदो फोनको प्रणाली  एन्ड्रोईड १३ मा आधारित भएको हुनेछ । अहिले बजारमा रहेका केही अरु वानप्लसको डिभाईसले पनि यो अपडेट प्रात गर्न सक्नेछन् ।

दुई कम्पनीको सहकार्य गर्दा कम्पनीको क्यामेरा गुणस्तरीयतामा पनि परिमार्जन आउने बताइएको छ । पहिले वानप्लससँग १०० जनाको क्यामेरा टिम रहेको थियो जुन अब विस्तार भएर ७०० जना पुगेको छ । यसले कम्पनीको कलर साइन्स प्रोजेक्टलाई पनि सहयोग पुर्‍याउनेछ ।

वानप्लसको क्यामेरा मोबाईल उद्योगमा एक राम्रो क्यामेराको रुपमा रहेको कम्पनीले बताएको छ । नयाँ सहकार्यको ओएसले प्रयोगकर्ताहरुलाई निराश पार्दैन् भनेर कम्पनीले पूर्ण विश्वास गरेको छ ।