कीवर्डहरू -

चाँगुनारायण नगरपालिकाका आईटी अधिकृत सिटी इन्क्युबेटरको विश्वको उत्कृष्ट १० भित्र पर्न सफल

चाँगुनारायण नगरपालिकाका आईटी अधिकृत सिटी इन्क्युबेटरको विश्वको उत्कृष्ट १० भित्र पर्न सफल

चाँगुनारायण नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपाने सिटी इन्क्युबेटरको विश्वको उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् ।

अमेरिकाको ओपन डेटा पोलिसी ल्याबले आयोजना गरेको सिटी इन्क्युबेटर कार्यक्रममा नेपालका न्यौपाने उत्कृष्ट १० भित्र पर्न सफल भएका हुन् ।

ओपन डेटा पोलिसी ल्याबले यसलाई ‘डेटा इन्नोभसन’ को नाम पनि दिएको छ । सिटी इन्क्युबेटर कार्यक्रममा पाँच ओटा महादेशबाट विभिन्न व्यक्तिहरू सहभागी भएका थिए ।

सहभागी मध्येबाट ओपन डेटा पोलिसी ल्याबले आफ्नो इनअगुरल ओपन डेटा पोलिसी ल्याबको सिटी इन्क्युबेटर कोहर्ट र उनीहरुको डेटा इन्नोभसनको आधारमा दश जना सहभागीको नाम घोषणा गरेको हो । जसमा नेपालका न्यौपाने पनि पर्न सफल भएका हुन् । न्यौपाने नेपालबाट सहभागी जनाउने पहिलो व्यक्ति समेत हुन् ।

सिद्धान्त न्यौपानेले चाँगुनारायण ओपन डेटा प्लेटफर्म विकास गरेर आवश्यक ओपन डेटा मापदण्ड, नीति शासन संरचनामा काम गरेका थिए ।

त्यस्तै उनले प्लेटफर्मको जिओस्पाटियल पक्षमा पनि काम गरिरहेका छन् । चाङ्गुनारायण नगरपालिकाको डेटा संकलन गरेका छन् । यस कामका लागि चाँनारायण नगरपालिकासँग नक्सा नामक टेक कम्पनीले सहकार्य साझेदारी गरेको छ ।