कीवर्डहरू -

अब हातहातमा बैंक, ३५ भन्दा धेरै सेवा एनआईसी एशिया आइसर्भबाटै 

अब हातहातमा बैंक, ३५ भन्दा धेरै सेवा एनआईसी एशिया आइसर्भबाटै 

विश्वव्यापी कोरोना संक्रमणको एउटा सकारात्मक पक्ष भनेको यसले डिजिटल कारोबार र डिजिटल साक्षरता वृद्धि गरेको छ । बैंकिङ कारोबार डिजिटलतिर परिवर्तन हुँदै जानु यसको उदाहरण हो ।

उपभोक्ताको हातहातमै डिजिटल बैंकिङ सेवा पुर्‍याउन विभिन्न सुविधा ल्याएको एनआईसी एशिया बैंकले डिजिटल कारोबारमा उल्लेख्य वृद्धि भएको बताएको छ ।

बैंकका अनुसार अहिले कुल कारोबारमध्ये ८० प्रतिशत डिजिटल भइरहेको छ । लकडाउनको बेला डिजिटलमा हुने ग्राहकको संख्या ठूलो छ ।

एनआईसी एशिया बैंकले ल्याएको डिजिटल प्लेटफर्म ‘ आइसर्भ ’ले यसलाई अझ बढी सहयोग गरेको बैंकका असिस्टेन्ट सीईओ सन्तोष कुमार राठीले बताए।

एनआईसी एसियाले आफ्ना २७ लाखभन्दा धेरै ग्राहकलाई डिजिटल सेवा दिन ‘आईसर्भ’ प्लेटफर्मलाई अगाडि बढाइरहेको छ ।

हुन त, आइसर्भ प्लेटफर्म ल्याएको दुई वर्ष भयो । कोभिड-१९ सुरु भएपछि घरबाटै सेवा लिने धेरै भए । डिजिटल कारोबार धेरै हुनथालेपछि बैंकले आईसर्भलाई अझ बढी फोकस गरेर काम गरिरहेको छ ।

‘अहिलेसम्म कुनै पनि बैंकले यस्तो डेटिकेटेड प्लेटफर्म ल्याएका छैनन,’ राठी भन्छन्, ‘यही आवश्यकतालाई पूरा गर्न यो प्लेटफर्म सुरु गरेको हो ।’ ग्राहकले कुनै पनि सेवा डिजिटल रुपमा लिन चाहन्छन् भने यो उपयुक्त ठाउँ हो ।

पहिलो लकडाउनमा यस प्लेटफर्मबाट झन्डै ६५ हजारभन्दा धेरै ग्राहकले सेवा लिएको राठीले बताए । आइसर्भबाट घरमै बसिबसि सेवा लिनेमात्र नभएर थप सहुलियत दिने व्यवस्था पनि छ ।

मोबाइल बैंकिङबाट दैनिक ७५ हजारसम्म ट्रान्जेक्सन भइरहेको अवस्थामा बैंकको वेबसाइट तथा अन्य डिजिटल प्लेटफर्महरुमा पनि ग्राहकको उल्लेख्य सहभागिता देखिन्छ । यो अवस्थामा आइसर्भलाई डिजिटल कारोबार तथा सेवामा उल्लेख्य सहभागिता रहेको छ ।

आईसर्भमा उपलब्ध सेवाहरु

आइसर्भबाट सेवा लिन ग्राहकले बैंकको वेबसाइट वा मोबाइल बैकिङ एप (एनआईसी एसिया मोबैंक) प्रयोग गर्न सक्छन् । आइसर्भमा ३५ भन्दा धेरै सेवाहरु उपलब्ध छन् ।

डिजिटलरुपमा यी सेवा लिँदा अझ सुरक्षित होस् भनेर बैंकले सुरक्षाको लेयर थपेको छ । यसमा रहेको कुनै पनि सेवा लिँदा ग्राहकको मोबाइलमा ओटीपी भेरिफिकेसन आउँछ । त्यो नम्बर हालेपछि मात्र सेवा प्रयोग गर्न सकिन्छ ।

आइसर्भभित्र मुख्य चारवटा डोमेनहरु छन्- मोबाइल बैंकिङ सेवा, कस्टुमर सर्भिस, टेलर सर्भिस र कार्ड सर्भिस । यी चारवटा सेग्मेन्टमा विभिन्न ३५ वटा सेवाहरु छन् ।

मोबाइल बैंकिङ

मोबाइल बैंकिङ अन्तर्गत विभिन्न चार अप्सन छन् । ‘न्यु रजिष्ट्रेसन’बाट मोबाइल बैंकिङ सेवा रजिष्ट्रेसन गर्न सकिन्छ ।

साथै, यहाँबाट मोबाइल बैंकिङको ‘पिन रिसेट’ गर्न सक्नुहुन्छ । जसको लागि पिन रिसेट अप्सन राखिएको छ । कहिलेकाही मोबाइल बैंकिङ सेवा लिने क्रममा केही समस्या आउन सक्छ ।

जस्तो कि पिन नम्बर वा पासवर्ड अरु कसैले थाहा पायो, मोबाइल हराउनु भयो भने तपाईंले तुरुन्तै मोबाइल बैंकिङ सेवा ब्लक गर्न सक्नुहुन्छ । यसको लागि बैंकसम्म पुग्नु पर्दैन, यी सेवाबाट ब्लक गर्नसक्नुहुन्छ ।

यसको लागि ‘ब्लक मोबाइल बैंकिङ’ भन्ने अप्सन छ । उक्त समस्या समाधान भएपछि यसलाई ‘अनब्लक मोबाइल बैंकिङ’बाट फेरि सुचारु गर्न सक्नुहुन्छ।

कस्टुमर सर्भिस

एनआईसी एसिया बैंकबाट कुनै पनि सेवा डिजिटल रुपमा लिनको लागि कस्टुमर सर्भिस अप्सन राखिएको हो । यहाँ विभिन्न ९ वटा सेवाहरु उपलब्ध छन् ।

यहाँबाट तपाईंले खातामा कति रकम छ भनेर थाहा पाउन सक्नुहुन्छ । त्यस्तै, चेक रिक्वेष्ट गर्न, व्यालेन्स सर्टिफिकेट रिक्वेष्ट गर्न, स्टेटमेन्ट रिक्वेष्ट गर्न पनि सक्नुहुन्छ ।

साथै, मर्चेन्ट इनरोलमेन्ट, मेरो शेयर र सिआरएन लिन, चेक स्टप पेमेन्ट, स्किम ट्रान्सफर र लकरको सेवा लिन पनि यहाँबाट सक्नुहुन्छ ।

यसको मुख्य उद्देश्य भनेको ग्राहकले घरबाटै एनआईसी एशिया बैंकको सेवा लिन सकून भन्ने हो । जसले गर्दा ग्राहकलाई अझ धेरै सुविधा हुनेछ भने बैंकसम्म धाउनु पर्ने छैन् । समयको बचत पनि हुनेछ । एनआईसी एसियाका २७ लाख ग्राहकमध्ये सक्रिय ग्राहकको संख्या ठूलो छ ।

यी सक्रिया ग्राहकको चाँपलाई बैंकसम्म आउन नदिन घरमै बसेर सेवा लिन सकिने प्लेटफर्म उपलब्ध गराएको उनको भनाइ छ ।

टेलर सर्भिस

टेलर सेवा भनेको क्यास डिपोजिट गर्ने र क्यास झिक्ने सेवा हो। अहिले बैंकहरुले जति डिजिटल कारोबार गरिरहेको भए पनि पैसा झिक्न र डिपोजिट गर्न बैंकमैं धाउनु पर्छ । तर, यसलाई पनि कसरी सजिलो बनाउन सकिन्छ भनेर एनआइसी एसियाले केही थप सुविधा ल्याएको छ ।

‘हामीले सोच्यौं कसरी अझ सजिलो बनाउन सकिन्छ, राठी भन्छन्, ‘बैंकमा आएर टोकन लिने, भौचर भर्ने, लाइन बसेर पालो आएपछि क्यास डिपोजिट गर्न धेरै समय लाग्छ ।’

यसलाई पनि कसरी हटाउन सकिन्छ त ? बैंकले यसको लागि पनि उपाय निकाल्यो टेलर सर्भिस सिधै पुगेर पैसा डिपोजिट गरेर फर्किने वातावरण बनाउने ।

टेलर सेवाभित्र दुई अप्सन छन् । चेक डिपोजिट रिक्वेस्ट र क्यास डिपोजिट रिक्वेस्ट । यसबाट घर मै बसेर भौचर भर्न मिल्छ । भौचर भरिसकेपछि कोड आउँछ ।

ग्राहकले कोड लिएर बैंकमा जान्छन् र कोड दिएर सिधैं पैसा डिपोजिट गर्न सक्छन् । यसरी कोड लिएर बैंकमा आउने ग्राहकलाई प्राथमिकता दिने बैंकले नीतिसमेत लिएको छ ।

पैसा झिक्नको लागि भने यसरी भौचर भर्न सम्भव देखिएन । यसको लागि स्मार्ट टेलर भनेर तीन वर्ष अघि नै बैंकले ल्याइसकेको छ । स्मार्ट टेलरमा मोबाइलबाट क्युआर कोड स्क्यान गर्ने र त्यहाँबाट क्यास लिन सकिन्छ ।

कार्ड सर्भिस

भित्र रहेको अर्को सेवा हो कार्ड सर्भिस । यहाँबाट विभिन्न कार्डसम्बन्धी काम गर्न सकिन्छ । यहाँ कार्ड सम्बन्धी सेवा लिन विभिन्न ६ वटा अप्सन रहेका छन् ।

जस्तो कि नयाँ डेभिड कार्ड अनुरोध गर्न, इ-कमर्स रजिष्ट्रेसन गर्न, डेभिड कार्ड ब्लक गर्न सकिन्छ । त्यस्तै, डेभिड कार्ड परिवर्तन र प्रिपेड डलर कार्डको लागि सबै काम गर्न सकिन्छ ।

यहाँबाट कार्ड अर्डर गरेर नजिकको ब्रान्चबाट लिन सकिन्छ । यसको शुल्क पनि आफ्नो बैंक अकाउन्टबाट काटिन्छ ।