कीवर्डहरू -

आईफोनको डेटा प्रयोग गरेर मानसिक स्वास्थ्य निगरानी गर्दै एप्पल

आईफोनको डेटा प्रयोग गरेर मानसिक स्वास्थ्य निगरानी गर्दै एप्पल

एप्पलले आईफोनको डेटा प्रयोग गरेर मानसिक स्वास्थ्य निगरानी गरिरहेको छ । यसले गर्दा कम्पनीले डिप्रेशन, एनजायटी र अरु मानसिक स्वास्थय समस्याहरु आईफोनकै मद्दतले थाहापाउन सक्नेछ ।

डेटाबाट सुत्ने समय, काम गर्ने समय र कुनै रोगको लक्षण छ की छैन् भनेर मूल्याकंन गर्ने गरिन्छ । त्यस्तै मुहारको भाव र स्वासप्रस्वास तथा हृदयको दरलाई पनि विशलेषण गरिन्छ । डिभाइस मै सबै प्रक्रिया हुनेछ र एप्पल सर्भरमा डेटा पठाइने छैन ।

यो रिसर्च प्रोजेक्टमा कम्पनीले काम गरिरहेको छ । द युनिस्भर्टी अफ क्यालिफोर्निया, लस एन्जेलेसले एप्पल वाच र आईफोन डेटासँग सहकार्य गरेर मानसिक स्वास्थ्यको अध्ययन गर्ने भएको छ । यस अध्ययनका लागि विश्वविद्यालयले ३ हजार स्वयंसेवक छानेको छ ।