कीवर्डहरू -

माईक्रोसफ्ट सर्फेस प्रो एट सार्वजनिक, १२० हर्जको रिफ्रेस रेट भएको पहिलो नन गेमिङ डिभाइस

माईक्रोसफ्ट सर्फेस प्रो एट सार्वजनिक, १२० हर्जको रिफ्रेस रेट भएको पहिलो नन गेमिङ डिभाइस

माईक्रोसफ्ट सर्फेस प्रो एट सार्वजनिक भएको छ । सर्फेस प्रो एटमा १३ इन्चको स्क्रीन रहेको छ । माईक्रोसफ्टको पछिल्लो भर्सन १२.३ इन्चको रहेको थियो । १२० हर्जको रिफ्रेस दर भएको यो पहिलो नन गेमिङ डिभाइस हो ।

यसले गर्दा वेबपेजहरुमा स्क्रोल गर्न झनै सजिलो हुने जनाइएको छ । यसमा एक्स्टर्नल जीपीयूका लागि हेडरुम पनि उपलब्ध रहेको छ । डिभाईसमा एघारौँ जेनेरेसनको प्रोसेसर प्रयोग गरिएको छ । यसमा थण्डरबोल्ट पोर्ट पनि रहेको छ ।

यसमा पनि सर्फेस ल्यापटप फोर जस्तै एसएसडीलाई प्रतिस्थापन गर्न सकिन्छ । डिभाइसको स्क्रीन १२.५ प्रतिशतले उज्यालो बनाइएको छ र १०.८ प्रतिशतले बढी रिजोलुसन रहेको छ ।

सर्फेस प्रो एटमा ३२ जिबी र्‍याम र एक टेराबाईटको एसएसडी रहेको छ । एलटीई मोडेलमा ५१२ जिबी स्टोरेज रहेको छ तर प्रयोगकर्ताले १२८ जिबी वा २५६ जिबीको रिमुभेबल स्टोरेज प्लग इन गर्न सक्छन् ।

प्रो ७ भन्दा यो दुइै गुणा छिटो चल्ने माईक्रोसफ्टले जनाएको छ । ग्राफिक प्रस्तुती पनि ७४ प्रतिशतले बढाइएको छ । प्रमुख क्यामेरा १० मेगापिक्सेलको रहेको छ । यसको तौल १.९६ पाउण्ड रहेको छ ।

ट्याबलेट तथा ल्यापटप दुवै भएकाले माईक्रोसफ्ट सर्फेस प्रो एटले बढि प्रयोगकर्ताहरुलाई आर्कषित गर्ने जनाइएको छ । यो खरिदका लागि अक्टोबर ५ मा उपलब्ध हुनेछ ।