कीवर्डहरू -

माईक्रोसफ्टको सर्फेस गो थ्रीमा छिटो चल्ने चिप, डिभाईसमा ६० प्रतिशतले स्पीड बुस्ट

माईक्रोसफ्टको सर्फेस गो थ्रीमा छिटो चल्ने चिप, डिभाईसमा ६० प्रतिशतले स्पीड बुस्ट

माईक्रोसफ्टले सर्फेस गो थ्रीमा छिटो चल्ने चिप इन्स्टल गरेको छ । यो माईक्रोसफ्टको सानो भर्सनको ट्याबलेट हो । यसको स्क्रीन १०.५ इन्चको रहेको छ । सर्फेस गो थ्रीमा क्वाड कोर टेन्थ जेनेरेशन कोर आई थ्री प्रयोग गरिएको छ ।

माईक्रोसफ्टका अनुसार यो चिपको कारणले डिभाईसमा ६० प्रतिशतले स्पीड बुस्ट हुने कम्पनीको दाबी छ । थुप्रै एपहरु चलाउनेहरुका लागि आई थ्री चिपले धेरै सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ ।

र्याम भने अहिले पनि ४ जिबी वा ८ जिबीकै रहेको छ । बढी स्टोरेज चाहिने भएमा १२८ जिबी वा २५६ जिबीको एसएसडी प्रयोग गर्नुपर्ने हुन्छ । डिभाइसमा १९२०X१०८० को सक्रीन रिजोलुसन रहेको छ ।

सर्फेस गो थ्रीमा यूएसबी पोर्ट पनि रहेको छ । माईक्रोसफ्टले डिभाइसमा माइक्रोएसडी स्लट र एलटीई डेटाका लागि अप्सन राखेको छ ।

कम्पनीले यो डिभाइस एक चार्जमा ११ घण्टा चल्ने दावी गरेको छ । यो ल्यापटपको मूल्य ४०० डलर देखि सुरुवात हुन्छ । यो डिभाईस खरिदका लागि अक्टोबर ५ मा उपलब्ध हुनेछ ।