कीवर्डहरू -

माइक्रोसफ्टले बनायो रिसाईकल गरिएको समुद्री प्लास्टिकबाट माउस

माइक्रोसफ्टले बनायो रिसाईकल गरिएको समुद्री प्लास्टिकबाट माउस

माईक्रोसफ्टले रिसाईकल गरिएको समुद्री प्लास्टिकबाट माउसको निर्माण गरेको छ । सर्फेसको विभिन्न उपकरणहरु सार्वजनिक भएसँगै माईक्रोसफ्टले नयाँ माउस पनि सार्वजनिक गरेको छ ।

माउसको बाहिरी भाग २० प्रतिशत रिसाईकल गरिएको समुद्री प्लास्टिकबाट बनाईएको छ । त्यो प्लास्टिकलाई प्रोसेस गरेर माउसमा प्रयोग गर्न मिल्ने रेसिन पेलेट बनाएको जनाइएको छ ।

माउस राखिएको मधर बट्टा पनि काठ र उखुको फाईबरले बनेको छ जसको कारण त्यसलाई सजिलै रिसाईकल गर्न सकिन्छ ।

माउसले ३३ फिटको दूरीसम्ममा ब्लुटूथ कनेक्सनको अप्सन दिने गर्दछ । यो माउस सिगंल एए ब्याट्रीमा १२ महिना चल्ने माईक्रोसफ्टले बताएको छ । यसको २५ डलर पर्नेछ र यो पनि  खरिदका लागि अक्टोबर ५ मा उपलब्ध हुनेछ ।