कीवर्डहरू -

रियलमी विश्वकै उत्कृष्ट ६ स्मार्टफोन ब्राण्डको सूचीमा

रियलमी विश्वकै उत्कृष्ट ६ स्मार्टफोन ब्राण्डको सूचीमा

रियलमी काउन्टर पोइन्टको अनुसन्धान अनुसार विश्वबजारको वरियता क्रममा उत्कृष्ट ६ स्मार्टफोन बिक्रेता भित्र पर्न सफल भएको छ ।

विश्वको ६१ भन्दा धेरै बजारहरुमा पुगेको रियलमी यी मध्ये १८ वटा बजारमा उत्कृष्ट ५ भित्र पर्न सफल भएको छ ।

यो सूचि भित्र पर्नको लागि रियलमीले सन् २०२१ को पहिलो त्रैमासमा १५० करोड आफ्नो उत्पादन बजारमा उपलब्ध गराएको थियो, जुन अघिल्लो वर्षको भन्दा १३५.१ प्रतिशतको वृद्धि हो ।

यो उल्लेखनीय उपलब्धि रियलमीले मात्र तीन वर्षमा हासिल गरेको हो । पहिलो स्थानमा रहेको सामसङको ६.३ प्रतिशत वृद्धि रहेको छ ।

‘गएको ३ वर्षमा नै रियलमी एक भर्खर जन्मिएको बिरालोको बच्चा केही समयमा नै बाघ बने जस्तो गरेर आक्रामक रुपले बजारमा विस्तारित भइरहेको छ । विश्वभरिका २९ वर्ष मुनिका युवाहरु प्रति लक्षित रियलमी ग्राहकहरुलाई असाधारण उत्पादन ल्याउन कटिबद्ध छ’ रियलमीका संस्थापक तथा सीईओ स्काई लिले भने ।

विश्वको ६१ भन्दा धेरै बजारमा पुगेको रियलमी यी मध्ये १८ वटा बजारमा उत्कृष्ट ५ भित्र पर्न सफल भएको छ । स्रोतहरुको अनुसार २०२१ को दोस्रो त्रैमासिकमा फिलिपिन्स र बंगलादेशमा पहिलो श्रेणीमा थियो भने, रुसमा तेस्रो, भारतमा चौथो र युरोपमा पाँचौं स्थानमा रहेको थियो ।

स्ट्राटेजी एनालिटिक्सको सन् २०२१ के दोस्रो त्रैमासिक अवधिसम्मको डेटाअनुसार स्थापनाकालदेखि आफ्नो सबैभन्दा धेरै उत्पादन बजारमा उपलब्ध गराउने ब्राण्डमध्ये रियलमीले १० करोड बढी स्मार्टफोन सेट उपलब्ध गराएको छ ।

भारतीय स्मार्टफोन बजारको १४.६ प्रतिशत हिस्सा ओगटेको रियलमी चौथो स्थानमा रहेको छ । रियलमीले फाइभजी उत्पादनहरुलाई पनि प्राथमिकतामा राखेको छ । काउन्टर पोइन्टका अनुसार सन् २०२१ को दोस्रो त्रैमासमा फाइभजी स्मार्टफोन बजार हिस्सा १५ प्रतिशत पुगेको छ ।

लिका अनुसार रियलमीको अबको लक्ष्य भनेको २०२२ र २०२३ मा १० करोड सम्म आफ्नो उत्पादन बजारमा उपलब्ध गराउनु हो ।