कीवर्डहरू -

आईफोनसहित सबै स्मार्टफोनमा टाइप सी चार्जर प्रयोग गर्नुपर्ने यूरोपेली आयोगको प्रस्ताव 

आईफोनसहित सबै स्मार्टफोनमा टाइप सी चार्जर प्रयोग गर्नुपर्ने यूरोपेली आयोगको प्रस्ताव 

यूरोपेली आयोगले सबै स्मार्टफोनको चार्जर युएसबी टाइप सी हुनुपर्ने प्रस्ताव गरेको छ । यूरोपेली युनियनको यूरोपेली आयोगले स्मार्टफोन र अन्य इलेक्ट्रोनिक्स उत्पादकहरुमा युएसबी टाइप सी चार्जर अनिवार्य गर्ने प्रस्ताव गरेको हो ।

फोनको अतिरिक्त यो नियम अन्य उपकरणहरु जस्तै ट्याब्लेट, हेडफोन, पोर्टेबल स्पिकर, भिडियो गेम कन्सोल, र क्यामराहरुमा लागू हुने जनाइएको छ ।

आयोगको यो प्रस्तावले सबैभन्दा ठूलो असर एप्पललाई पर्नेछ । किनभने एप्पलले आफ्ना डिभाइसमा आफ्नो स्वामित्वमा रहेको लाइटनिङ्ग कनेक्टरको प्रयोग गर्दै आएको छ । यो प्रस्ताव पारित भएमा एप्पलले पनि अब आफ्ना डिभाइसमा टाइप सी चार्जर प्रयोग गर्नुपर्ने हुन्छ ।

तर एप्पलले भने उक्त नियमको आलोचना गरेको छ । कम्पनीले त्यस्तो निर्णय भए दशौँ लाख उपकरण बेकामे हुने र थप इलेक्ट्रोनिक फोहोर निर्माण हुने चेतावनी दिएको छ ।

उक्त नियममाथि पहिले युरोपेली संसद तथा राष्ट्रिय सरकारहरूमा छलफल हुनेछ । सन् २०२२ मै यो प्रक्रिया सकिने आयोगको आशा छ । त्यसपछि ती नियमलाई देशका राष्ट्रिय कानुनहरूमा समाहित गर्न थप २ वर्षको समय उपलब्ध हुनेछ ।