कीवर्डहरू -

सस्तो डिलबाट सामान किन्दा सानिमा बैंकका ग्राहकलाई २५ प्रतिशतसम्म छुट

सस्तो डिलबाट सामान किन्दा सानिमा बैंकका ग्राहकलाई २५ प्रतिशतसम्म  छुट

दसैँको अवसरमा सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत सस्तोडिलाबाट सामान खरिद गर्दा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले २५ प्रतिशतसम्म छुट पाउने छन् ।

अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट वा २ हजार ५०० सम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फर्स्ट कम फर्स्ट सर्भ’ को आधारमा छुट प्रदान गरिने पनि बैंकले जनाएको छ । असोज १० गतेदेखि १५ गतेसम्म यो छुट पाइने छ ।