सन् २०२२ मा गूगलको एन्ड्रोईड अटोमोटिभ होण्डा कारका लागि उपलब्ध हुने भएको छ । गूगलले एन्ड्रोईड अटो एप सन् २०१५ मा सार्वजनिक गरेको थियो ।
यसले स्मार्टफोन र कारलाई कनेक्सनबाट जोड्न दिन्छ जसले गर्दा गीत सुन्न सकिन्छ, म्याप ठूलो आवाजमा सुन्न सकिन्छ र साउण्ड सिस्टम प्रयोग गरेर कल उठाउन सकिन्छ ।
गूगलले एन्ड्रोईड अटो एपमा अरु फिचरहरु थप्दै होण्डा कारका लागि यो एप उपलब्ध गराउने भएको छ । एन्ड्रोईड अटो एपमा अमेजन म्यूजिक, अडिबल, आईहार्ट रेडियो, जियो साभन, प्यानडोरा, पोडकास्ट एडिक्ट, साउण्डक्लाउड र युट्युब म्युजिक जस्ता गीतको फिचरहरु पनि थपेको छ ।