कीवर्डहरू -

ह्वावे कनेक्ट २०२१ शुरू

ह्वावे कनेक्ट २०२१ शुरू

ग्लोबल आईसिटी उद्योगको लागि ह्वावेको वार्षिक प्रमुख कार्यक्रम ह्वावे कनेक्ट २०२१  हिजो शुक्रबार ८ असोज देखि सुरू भएको छ ।

यस कार्यक्रममा ह्वावेका रोटेटिंग अध्यक्ष एरिक जूले इनोभेटिंग ननस्टप फर फास्ट डिजिटलाइजेशन शीर्षकमा आफ्नो मन्तव्य राखी कार्यक्रमको उद्घाटन गरेका थिए ।

यस वर्षको ‘डाइभ इन्टु डिजिटल’ भन्ने थिम रहेको कार्यक्रममा डिजिटल प्रविधिको महत्वपूर्ण व्यापारिक चुनौतिहरुलाई सम्बोधन गर्न कसरी व्यापार परिदृश्य र उद्योगलाई एकीकृत गर्न सकिन्छ र कसरी स्टेकहोल्डरहरु खुल्ला उद्योग इकोसिस्टमलाई बढावा दिन र साझा सफलतालाई बढावा दिनको लागि प्रभावकारी ढंगले काम गर्न सक्छन् भन्ने कुराको खोज गरिएको थियो ।

कार्यक्रममा चार महत्वपूर्ण पक्ष, पाँच शिखर सम्मेलन र ६६ सत्रहरु निर्धारण गरिएको छ । कार्यक्रममा उद्योग क्षेत्रका विज्ञ, व्यापारीक लिडर, शीर्ष टेक विशेषज्ञहरु र इकोसिस्टम साझेदार गरी २०० भन्दा बढी स्पीकरहरु रहेका थिए ।

आफ्नो मुख्य मन्तव्यमा जूले उद्योगहरुलाई डिजिटल तर्फ जान मद्दत गर्न हरेक व्यक्ति, घर र संगठनलाई पूर्ण रूपमा जोडेर, इन्टेलिजेन्ट संसारमा डिजिटलीकरणलाई कसरी पहल्याउने ह्वावेको एउटा महत्वपूर्ण मिशन हो भन्ने कुरा बताए । जूले डिजिटल विकास डिजिटल प्रविधिमा निर्भर हुने गर्दछ ।

डिजिटल प्रविधि प्रासंगिक रहनको लागि हामीले इनोभेट र भ्यालु सिर्जना गर्न जारी राख्नु पर्दछ । क्लाउड, एआई र नेटवर्क तीन महत्वपूर्ण डिजिटल प्रविधि हुन् ।

जूले ह्वावेले यी तीन क्षेत्रहरुमा गरेको प्रगति, ह्वावेले लो–कार्बन विकास गर्न के गर्दै छ र समग्रमा उद्योग कहाँ जाँदै छ भन्ने कुरा पनि बताएका थिए ।

जूले ह्वावे क्लाउड, कम्पनीको क्लाउड सेवा जुन केवल चार बर्ष पहिले शुरू गरीएको थियो, अहिले नै २–३ मिलियन भन्दा बढि विकासकर्ताहरु, १४ हजार परामर्श साझेदारहरु, र ६ हजार प्रावधिक साझेदारहरुलाई रोजगार दिईरहेको खुलाएका छन् र ह्वावे क्लाउड मार्केटप्लेसमा ४५०० भन्दा बढी सेवाहरु उपलब्ध गराएको छ ।

यो इन्टरनेट कम्पनी, उद्यम र सरकारहरुलाई समान रूपमा आफ्नो संगठनहरुलाई डिजिटलतिर लाने एक महत्वपूर्ण प्लेटफर्म बन्न पुगेको छ ।

कार्यक्रममा, जूले उद्योगको पहिलो वितरित यूसिएस भनिने क्लाउड–नेटिभ सेवा लञ्च गरेका छन् जुन ह्वावे क्लाउडमा उपलब्ध छ ।

यूसिएसको साथ ह्वावेले उद्यमहरुलाई लगातार अनुभव प्रदान गर्ने योजना बनाएको छ, साथै क्लाउड–नेटिभ एप्लिकेसनको उपयोग भौगोलिक, क्रस–क्लाउड वा ट्राफिक सीमाहरुले सिमित छैन जसले सबै उद्योगहरुमा डिजिटल रूपान्तरण को गति बढाउँदछ ।

ह्वावेको फुल–स्ट्याक, अल–सिनारीयो एआई पोर्टफोलियो २०१८ मा जारी गरीएको र अपेक्षित रूपमा प्रगति गरीरहेको छ । यसको माइण्डस्पोर फ्रेमर्वोक चीनमा मेनस्ट्रिम एआई कम्प्युटिंग ढाँचा भएको छ ।

यस बीच, एटलस ९०० क्लस्टर, साथै क्लाउड सेवाहरु यसमा आधारितहरु वर्तमानमा ३०० भन्दा बढी उद्यमहरुको सेवामा छ जसले ह्वावे क्लाउड एबलनग ठूला मोडेलहरु रहेको धेरै मोडेलहरुको प्रशिक्षणलाई समर्थन गर्दछ । ह्वावे क्लाउड मोडेल आर्टसले एआई एप्लिकेसन विकासलाई यसको पाइपलाइन, सिनारियो–आधारित सेवाहरुसंगै धेरै सजिलो बनाएको छ ।

मोडेल आर्टसको एन्ड गोल हरेक इन्जिनियरलाई स्वतन्त्र रुपमा आफ्नै एआई एप्लिकेसनहरु को विकास गर्न सक्षम बनाउनु हो ।

जूले नेटवर्क डोमेनमा ह्वावेको इनोभेसनको परिचय दिएका थिए । जसरी संगठनहरु डिजिटलमा जान्छन्,उनीहरु नेटवर्क जटिलतामा छिटो बृद्धि देख्छन् ।

यसलाई घटाउनको लागि, ह्वावे अटोनोमस ड्राइभिंग नेटवर्क को अवधारणाको आधारमा ग्लोबल नेटवर्कको लागि सोलुसन इनोभेट गरी रहेको छ ।

कम्पनी वित्त, शिक्षा र स्वास्थ्य सेवा क्षेत्रहरुमा ग्राहकहरुसंग इनोभेट गर्न र नयाँ अनुप्रयोगहरुको डिप्लोइको लागि काम गरी रहेको छ र नेटवर्कहरुको निर्माण गरीरहेको छ जो सेल्फ-फुलफिल्लिङ, सेल्फ–हिलिंग, सेल्फ–अप्टिमाइजिंग र अटोनोमस छन् ।

जूले कसरी ह्वावे लो–कार्बन विकासको समर्थन गर्न डिजिटल प्रविधिको उपयोग ग्लोबल प्रयासको अंगको रूपमा पिक कार्बनडायक्साईड इमिसन र कार्बन न्यूट्रालिटि हासिल गर्नको लागि कार्य गरीरहेको बताएका छन् । विशेष गरी, ह्वावे तीन प्रमुख पहलहरुमा केन्द्रित छ :

१) लो–कार्बन आईसिटी उद्योगको लागि अधिक एनर्जी–इफिसियन्ट आईसिटी  उत्पादनहरुलाई वितरण गर्नको लागि एनर्जी–सेभिंग प्रविधिमा लगानी र इनोभेसन

२) पावर इलेक्ट्रोनिक्स र डिजिटल प्रविधि क्लिन एनर्जी र परम्परागत एनर्जीको डिजिटलाइजेशनलाई बढावा दिने इनोभेसनमा लगानी

३) सबै क्षेत्रहरुलाई डिजिटल र लो–कार्बनमा जान मद्दत गर्न डिजिटल प्रविधि प्रदान गर्ने ।

झांग पिंगआन, क्लाउड बियूको सिईओ  र ह्वावे उपभोक्ता क्लाउड सेवाको अध्यक्ष, ह्वावे क्लाउडको रणनीतिक पहलको बारेमा विस्तृत जानकारी दिनुभयो र कार्यक्रममा नयाँ सेवाहरु र उत्पादनहरु शुरू गरेका थिए । सफल डिजिटल रूपान्तरणको बाटो भनेको क्लाउड नेटिभ बारे सोच्नु र क्लाउड नेटिभ जसरी कार्य गर्नु हो ।

झांग पिंगआनले ह्वावे क्लाउडले डिजिटलमा डुब्न र सबै कुरालाई सेवा को रूपमा सन्चालन गर्न सम्भाव्यताको अन्वेषण गर्नको लागि आफ्नो ग्राहक र साझेदार संग सामेल भएको– विश्वव्यापी पहुँचको लागि सेवाको रूपमा पूर्वाधार, फराकिलो इनोभेसनको लागि सेवाको रूपमा प्रविधि र साझा उत्कृष्टताको लागि सेवाको रूपमा विशेषज्ञता ।

झांगले मेक्सिको र चीनको उलान्काबमा दुई नयाँ क्षेत्रहरुको घोषणा गरे र १० नयाँ ह्वावे क्लाउड सेवाहरु सुरु गरेका छन् ।

घोषणा मा माक्रोभर्स–ह्वावे क्लाउड एपास, अप्टभर्स एआई सल्भर, ह्वावे क्लाउड स्ट्याक ८–१, स्पार्क आरटिसी – रीयल–टाईम अडियो र भिडियो सेवा र एबलनग, ड्रग मोड्युलको लागि एक ठूलो मोडेल सामेल थियो ।

उक्त कार्यक्रममा सामेल ग्राहक र साझेदारहरुमा क्रिस्टोफ ओजर, अरेन्ज क्लाउडका हेड (अरेन्ज फ्लेक्जीबल इन्जिन) एपिएसी का प्रमुख; वू किआंग, टियांजिन पोर्ट होल्डिंग्सका उपाध्यक्ष; चेन हाइनिंग, शंघाई पुडोंग विकास बैंकबाट आइटी विभागका महाप्रबन्धक; र जिआंग चुआनरोंग, शंघाई मिरर पिब्चरस्का अध्यक्ष रहेका छन् ।

कार्यक्रममा उनीहरुले आफ्नो डिजिटल रूपान्तरणको ह्वावेसंग संयुक्त इनोभेसनको आफ्नो अनुभवको वर्णन गरेका थिए । वू किआंका अनुसार तिआनजिन पोर्ट लगभग २० मिलियन कन्टेनरको वार्षिक थ्रोपुट सहित संसारको शीर्ष १० पोर्टहरुमध्ये एक हो ।

ह्वावे क्लाउड अप्ट भर्स एआई सल्भरले हाम्रो योजनाको गति १०० भन्दा बेसीले बढाउँछ जुन लाखौंको भेरीएबल र कँस्ट्रेस्, अधिकतम श्रोत सेड्युलिंग र सुपरचार्ज अपरेशन दक्षतामा आधारित रहेको कम्पनीले बताएको छ ।

जूले आफ्नो मन्तव्यको अन्त्य गर्दै ननस्टप इनोभेसन अहिले सम्म डिजिटलकरणको ड्राइभिङ र्फोस रहेको बताएका छन् ।

अगाडि बढ्दै जाँदा यदि हामी डिजिटलाइजेशनको लागि अधिक महत्वकांक्षी लक्ष्यहरु हासिल गर्ने आशा गर्छौं भने ननस्टप इनोभेसन प्रमुख नै रहनेछ । त्यसैले एक राम्रो भविष्यको लागि ननस्टप इनोभेट गर्दै गरौं भनेर पनि उनीले बताए ।

ह्वावेले ह्वावे कनेक्ट २०२१ सेप्टेम्बर २३ देखि अक्टोबर ३१ सम्म अनलाइन होस्ट गर्दैछ । यस बर्षको कार्यक्रमको थिम डाइभ इन डिजिटल हो ।

ह्वावेले सबै उद्योगहरुमा क्लाउड, एआई जस्ता प्रविधिको व्यावहारिक एप्लिकेसन र सबै आकारको संगठनहरुलाई अधिक कुशल, अधिक बहुमुखी र अन्ततः अधिक फराक बनाउने कुराको गहिराइमा छलफल गर्नेछ ।