कीवर्डहरू -

स्प्राइटको ‘चिलिंगकोस्टार्ट, मोबाइल र स्प्राइटको साथ’ अभियान, हरेक हप्ता बाईक र टिभी जित्ने मौका

स्प्राइटको ‘चिलिंगकोस्टार्ट, मोबाइल र स्प्राइटको साथ’ अभियान, हरेक हप्ता बाईक र टिभी जित्ने मौका

स्प्राइटले स्क्रिन टाइम प्रमोशनल अभियान ‘चिलिंगको स्टार्ट , मोबाइल र स्प्राइटको साथ’ शुरु गरेको छ । अभियान अन्तर्गत उपभोक्ताहरूले एउटा बजाज पल्सर १२५ सीसी , एउटा सामसङ ४३ इन्चको टेलिभिजन र ५ वटा सामसङ एफ २२ मोबाइल हरेक हप्ता जित्ने मौका पाउँने कम्पनीले जनाएको छ।

त्यसैगरी , दैनिक लक्कीड्र अन्तर्गत ५ जना भाग्यशाली सहभागीहरुले हरेक दिन एउटा  सामसङ मोबाइल एफ २२ जित्ने मौका पाउँने छन्।

यो अफरमा सहभागी हुनको उपभोक्ताहरूले लेबलमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्ने छ वा सीधै स्प्राइटको साइटमा लगइन गर्नुपर्नेछ। त्यसपछि उनीहरुले आफ्नो मोबाइल नम्बर सहित लेबल पछाडि रहेको सिरियल नम्बरलाई इन्टर गर्नुपर्नेछ ।

वैकल्पिक रूपमा , सहभागीहरुले आफ्नो पूरा नाम सहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरलाई एसएमएस गर्न सक्नेछन् । यो योजना कार्तिक १८ गते सम्म लागु हुने कम्पनी ले जनाएको छ ।