कीवर्डहरू -

चीनमा क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध गर्न केन्द्रिय बैंकको सुझाव, क्रिप्टोकरेन्सीको कारोबारलाई गैरकानूनी मानिने

चीनमा क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध गर्न केन्द्रिय बैंकको सुझाव, क्रिप्टोकरेन्सीको कारोबारलाई गैरकानूनी मानिने

चीनको केन्द्रिय बैंकले क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध रहेको बताएको छ । यसलाई ब्यान गर्नका लागि चिनियाँ सरकारसँग केन्द्रिय बैंकले आह्वान गरेको छ । क्रिप्टोकरेन्सीले गर्दा राष्ट्रिय सुरक्षामा समेत चोट पुग्न सक्ने बैंकको भनाई रहेको छ । क्रिप्टोकरेन्सी हरेक दिन व्यवसाय गर्न उपयुक्त नभएको पनि बैंकले जनाएको छ ।

अब देखि चीनमा क्रिप्टोकरेन्सी प्रयोग गरेर गरिएको कारोबार अपराधिक क्रियाकलाप मानिनेछ । बैंकले वित्तिय संस्था तथा ईन्टरनेट कम्पनीहरुलाई क्रिप्टो व्यवसाय बन्द गर्न भनेको छ । वैदेशिक एक्सचेञ्जहरुलाई पनि बैकंले चिनियाँ नागरिकलाई सेवा दिनबाट प्रतिबन्ध लगाएको छ । चीनमा विभिन्न एजेन्सीहरु मिलेर क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउन चाहिरहेका छन् ।

क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगले गर्दा पैसा ठग्ने, अवैध रुपमा कोष खडा गर्ने, पिरामिड योजनाहरु र अन्य अवैध र अपराधिक गतिविधिहरुमा वृद्धि भएको बैंकको ठहर रहेको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले क्रिप्टोकरेन्सीको माइनिङमा पनि प्रतिबन्ध लगाउने योजना बनाईरहेको छ ।