कीवर्डहरू -

एस पेन स्लटका साथ सामसङको ग्यालेक्सी एस २२ अल्ट्रा सार्वजनिक हुने 

एस पेन स्लटका साथ सामसङको ग्यालेक्सी एस २२ अल्ट्रा सार्वजनिक हुने 

सामसङ्को ग्यालेक्सी एस २२ अल्ट्रामा नोटको एस पेन स्लट पनि रहेको छ । सामसङ्ले हालैमा भएको कार्यक्रममा ग्यालेक्सी नोट सार्वजनिक गरेन तर चाँडै यो फोन एस पेन स्लटका साथमा उपलब्ध हुने लिकले बताएको छ ।

यो फोन विशेषगरी नोट प्रयोगकर्ताहरुलाई लक्षित गरेरै निर्माण गरिएको छ । ग्यालेक्सी एस २२ अल्ट्रामा एस २१ अल्ट्रामा नभएको चौथो क्यामेरा पनि हुनेछ । फोनको बाहिरी रुप भने एस २१ अल्ट्राकै जस्तै रहेको छ ।

यसको प्रमुख क्यामेरा ५० एमपीको हुनेछ । त्यस्तै फोनमा क्वालकमको पछिल्लो जेनेरेशनको स्नापड्रागन चिप वा सामसङ्कै एक्सीनोस चिप प्रयोग गरिनेछ । एस २२ अल्ट्रा जानवरीमा सार्वजनिक गरिने अनुमान गरिएको छ ।