कीवर्डहरू -

डिजिटल रुपान्तरणका लागि नेपाल, मलेसिया, अस्ट्रेलिया, सिंगापुर, जापानका विज्ञसँग अन्तर्क्रिया

डिजिटल रुपान्तरणका लागि नेपाल, मलेसिया, अस्ट्रेलिया, सिंगापुर, जापानका विज्ञसँग अन्तर्क्रिया

कम्प्युटर एशोसिएन नेपाल महांसंघ (क्यान महासंघ)ले नेपालको डिजिटल रूपान्तरणमा सघाउ पुर्याउने उद्देश्यले नेपाल सहित एशिया-ओशिनिया क्षेत्रका मलेशिया, अस्ट्रेलिया, सिंगापुर, जापान लगायतका विशेषज्ञहरुसित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  ।

नेपालका विशेषज्ञहरु काठमाण्डौको सोल्टि होटेलमा भौतिक रुपमा उपस्थित भएर तथा अन्य मुलुकका विशेषज्ञहरु भर्चुअल माध्यम मार्फत उपस्थिति जनाएर कार्यक्रम सम्पन्न भएको हो ।

‘नलेज एक्स्चेञ्ज अन डिजिटल ट्रान्सफर्मेशन’ विषयक कार्यक्रमको प्रमुख अतिथि तथा बक्ताको रुपमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सुचना तथा संचार प्रविधिको विकाश तथा यस मार्फत भएको रुपान्तरणले बढाएको पारदर्शिताका बारेमा  प्रकाश पारेका थिए ।

साथै उनले वित्तिय क्षेत्रमा सुचना तथा संचार प्रविधिको प्रयोग, त्यसका निम्ति नेपाल राष्ट्र बैंकले खेलेको नेतृत्वदायी भूमिका र नितिगत व्यवस्था तथा पुर्वाधार विकासका बारेमा आफ्नो धारणा राखेका थिए ।

\"\"

मिश्रले नेपाल राष्ट्र बैंकले नवपर्वतनहरुलाई स्विकार तथा प्रयोगका निम्ति सदैब उत्साह प्रदान गरेको, वित्तिय क्षेत्रमा सुरक्षित एवं विश्वसनिय डिजिटल रुपान्तरणका निम्ति आवश्यक पर्ने कानुनी, प्रक्रियागत, संस्थागत तथा प्राविधिक पुर्वाधारहरुको विकाश गरेको कुरा पनि बताएका थिए ।

कार्यक्रममा सेन्ट्रल बैंक डिजिटल करेन्सी (CBDC) को संभावनाको बारेमा नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको पनि उनले जानकारी दिए ।

साथै वित्तिय क्षेत्रको डिजिटल रुपान्तरणको निम्ति प्रविधिको विकाससंगै मानव संसाधनको विकास पनि हुनुपर्ने एवं भोलिका दिनमा साइबर सुरक्षा सबैभन्दा ठुलो चुनौति हुने सक्ने र त्यस्का निम्ति क्यान महासंघको भुमिका सबैभन्दा महत्वपुर्ण हुने उनको धारणा थियो ।

साथै आवश्यक सहकार्यका निम्ति नेपाल राष्ट्र बैंक सदैब तयार रहेको पनि उनले बताए । क्यान महासंघका अध्यक्ष नवराज कुँवरले कार्यक्रमको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै अन्तर्राष्ट्रियस्तरमा भएका उत्कृष्ट अभ्यासबारे ज्ञान आदानप्रदान गर्न, यस क्षेत्रमा डिजिटल अर्थतन्त्रको भविष्य निर्धारण गर्न तथा अर्थ-सामाजिक संभावनाको रोडम्यापबारे भिजन निर्माण गर्न सघाउनेजस्ता लक्ष्य लिएर कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा अध्यक्ष कुँवरले अन्तरक्रिया कार्यक्रमले व्यावसायिक संभाावनाको विस्तार गर्न र नीतिगत सुधार तथा विकासका लागि सुझाव लिन पनि सघाउने अपेक्षा गरिएको बताए ।

कार्यक्रममा प्रत्यक्ष रुपमा करिब सय जना तथा भर्चुअल माध्यमबाट हजार जना भन्दा बढी सरकारी प्रतिनिधि, निजी क्षेत्रका व्यवसायी, सुचना तथा संचार प्रविधि सम्बन्धि संस्था, नीति निर्माताका एवं गैरसरकारी संस्था, टेलिकम सेवा प्रदायक, बैंकिंग र वित्तीय संस्थाका प्रतिनिधि तथा प्राज्ञहरुको उपस्थिति रहेको थियो ।

‘एडोप्टिङ्ग डीजिटल ट्रान्सफर्मेसन - प्राक्टिसेस एण्ड च्यालेन्जेज’ विषयक उद्घाटन सत्रमा एसियन ओसिनियन कम्प्युटिङ् इण्डष्ट्रि अर्गनाइजेसन – असोसियो (The Asian-Oceanian Computing Industry Organization - ASOCIO) का अध्यक्ष डेविड वङ्ग, नेपाल दुरसंचार प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडा र डिस मिडिया नेटवर्क लिमिटेडका प्रवन्ध निर्देशक सुदिप आचार्यले डिजिटल नेपाल फ्रेमवर्क, डिजिटल अर्थतन्त्र र यसका निम्ति आवश्यक पर्ने पुर्वाधार एवं मानव संसाधन, साईबर सुरक्षा, फिनटेक र उदाउँदा प्रविधि, डिजिटल रुपान्तरणका अभ्यास, मापदण्ड तथा चुनौति तथा चुनौति समाधानका निम्ति अपनाउनु पर्ने नितिगत व्यवस्था लगायतका विषयमा आफ्नो प्रस्तुति दिएका थिए भने सत्रको सहजिकरण क्यान महासंघका महासचिव नारायण थापाले गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा ‘फिन्टेक फर डिजिटल ट्रान्सफर्मेसन इन नेशनल एण्ड इन्टर्नेशनल पर्सपेक्टिभ’ विषयमा अष्ट्रेलियन इन्फर्मेशन इण्डष्ट्रि एशोसिएशन  (Australian Information Industry Association - AIIA) का प्रमुख कार्यकारी अधिकृत रोन गौसी, आइ.एम.इ पे का प्रमुख कार्यकारी अधिकृत विकाश नाहटा तथा अडेरा ग्लोबल प्रा. लि. सिंगापुरका महाप्रबन्धक एवं ए.आई. एण्ड हाई पर्फरमेन्स कम्प्युटिङ्ग च्याप्टर एसजिटेकका मानार्थ सचिव (General Manager, Adera Global Pte Ltd and Honorary Secretary, AI & High Performance Computing Chapter, SGTech) फु.ति.मेङ्गले कार्यपत्र प्रस्तुत गर्दै नेपाल र विश्वको अहिलेको अवस्था तथा त्यसबाट लिन सकिने व्यावसायिक लाभ एवं डिजिटल रुपान्तरणको निम्तो भोलिको तयारीकावारेमा चर्चा गरेका थिए ।

यसको सहजिकरण क्यान महासंघका केन्द्रिय सदस्य तथा साइबर सुरक्षा, साइबर कानून एवं नियमन समितिका सभापति सुभास खडकाले गरेका थिए ।

\"\"

कार्यक्रमको तेस्रो तथा अन्तिम सत्रमा इमर्जिङ्ग टेक्नोलोजीज फर डिजिटल टान्सफर्मेशन विषयमा कार्यपत्र प्रस्तुत गर्दै अमिया कर्पोरेशन जापानकी ग्लोबल सेल्स युनिट - जनसम्पर्क अधिकृत (Global Sales Unit | Public Relations Manager, AMIYA Corporation) र नेपाल पेमेन्ट सोलुसन्सका चिफ इन्नोभेसन अफिसर एवं पुर्यानी भेन्चर्सका संस्थापक डा. प्रमोद पराजुलीले सूचना प्रविधिले नेतृत्व गरेको हालको औद्योगिक युगमा डिजिटल रुपान्तरणले कसरी प्रविधि, डाटा, प्रक्रिया र संस्थागत परिवर्तनलाई समेटेको छ एवं त्यसबाट नेपालले कसरी फाईदा लिन सक्छ भन्नेबारे चर्चा गरेका थिए । जसको सहजिकरण क्यान महासंघका सचिव तथा आईसीटी शिक्षा एवं  प्रशिक्षण समितिका सभापति रेग बहादुर भण्डारीले गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा क्यानका उपाध्यक्ष कुशल रेग्मीले कार्यक्रम गर्नुको औचित्यमाथि प्रकाश पार्दै डिजिटल रुपान्तरणको नेपाल सन्दर्भमा संस्थागत संस्कृति, जनता, तथ्यांक र रुपान्तरण प्रक्रियाबारे बहस गर्न तथा डिजिटल रुपान्तरणका नीति तथा फ्रेमवर्कलाई सही दिशा दिनका लागि मद्दत पुर्याउने हेतुले कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

त्यस्तै क्यान महासंघका सचिव तथा डिजिटल ट्रान्सफर्मेशन समितिका सभापति शेखर दुलाले कार्यक्रम आयोजनामा सघाउ पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

‘नलेज एक्स्चेञ्ज अन डिजिटल ट्रान्सफर्मेशन’ विषयक कार्यक्रमको शीर्ष प्रायोजन डिशहोम - फाइबरनेटले गरेको थियो भने डिजिस्कुलले एशोसिएट एवं नेपाल दुरसंचार प्राधिकरणले गोल्ड र आइएमई पेले सिल्भर प्रायोजन गरेका थिए ।

कार्यक्रममा असोसियो (ASOCIO), वर्ड लिंक, ज्योति विकाश बैंक,  सुबिसु, नेपाल क्लियरिङ्ग हाउस, भायनेट, स्कुलवर्क्सप्रो, डिजिमेडिकल, प्रभु पे, सनवे इन्टर्नेशनल विजनेश स्कुल, जेनिस, अल्ट्रा एलइडी लगायतको सहयोग रहेको थियो ।

\"\"

सन् १९९२ मा स्थापना भएको क्यान महासंघ सूचना प्रविधि क्षेत्रको छाता संगठन हो । यसले सरकारी, गैरसरकारी तथा निजीक्षेत्रका सूचना तथा सञ्चार प्रविधि व्यवसाय तथा प्रोफेशनलहरुको प्रतिनिधित्व गर्दै सूचना प्रविधिको रुपान्तरणमा सघाउँदै आएको छ ।

महासंघले आवश्यकता अनुसार सरकारलाई सूचना प्रविधि सम्बन्धी सल्लाह सुझाव पनि दिंदै आएको छ । यसैगरी सन् १९८४ मा स्थापना भएको असोसियोमा एसिया प्रशान्त क्षेत्रका नेपाल सहित २४ देश सदस्य रहेका छन ।

एसोसियोले सुचना प्रविधिको क्षेत्रमा विकास विस्तारको काम गर्दै आएको छ र क्यान महासंघले नेपालबाट प्रतिनिधित्व गर्दै आएको छ ।