कीवर्डहरू -

नेपाल पेमेन्ट सोलुसन्ससँग प्रभु मनी ट्रान्सफर आवद्ध

नेपाल पेमेन्ट सोलुसन्ससँग प्रभु मनी ट्रान्सफर आवद्ध

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिले केहि दिन अघि सिटी एक्सप्रेस मनी ट्रान्सफरसँगको सहकार्यमा रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको थियो ।

यसै बिच, नेपाल पेमेन्ट सोलुसन्स्ले प्लेटफर्म विस्तारकै क्रममा प्रभु मनी ट्रान्सफरलाई पनि आफ्नो प्लेटफर्मसँग जोडेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर र प्रभु मनी ट्रान्सफरको तर्फबाट रामेश्वर सापकोटा, जेनेरल मेनेजरले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

रेमिट्यान्स वालेट ट्रान्सफर एउटा कस्टोमाइज्ड, सरल तथा सुरक्षित फानान्सियल पोर्टल हो । यो विद्युतिय रेमिट्यान्स कारोबारले पैसा पठाउने र पाउने कार्य एकैसाथ हुने गर्दछ र डिजिटल वालेटको विभिन्न फाइदाहरु पनि उपयोग गर्न पाइनेछ । यो प्रणाली सबैका लागि सहज, छिटो र सुरक्षित र सरल किसिमको पैसा पठाउने र पाउने माध्यम हो ।

यससेवालाई अझ बढि प्रभावकारी र सहज बनाउन नेपाल पेमेन्ट सोलुसन्स्ले प्रभु मनी ट्रान्सफरसँग सहकार्य गरेको हो ।  यससँगै सेवाग्राहीहरुलाई रेमिट्यान्सको क्षेत्रमा आफू अनुकुल जहाँकहीँबाट कुनै पनि समय जुनै पनि वालेटमा विद्युतीय रेमिट्यान्स कारोबार गर्न थप सहज हुनेछ ।

अहिले धेरै जसो मानिसहरुले क्यासको सट्टामा डिजिटल वालेट उपयोग गर्ने गरेका छन् । यही कुरालाई मध्यनजर गर्दै डिजिटल रेमिट्यान्सको पहुँच सम्पूर्ण ग्राहक समक्ष पुर्याउने सोचका साथ यो सेवा शुरु गरिएको हो । केहि मिनेटमै रकम पठाउन सकिने भएकाले अब यसले यसले भौतिक तथा पुरानो रेमिट्यान्स प्रणालीलाई समेत आधुनिक प्रणालिमा जोडिदिने गर्दछ ।