कीवर्डहरू -

रेमिट्यान्स वालेट ट्रान्सफर विस्तार गर्दै नेपाल पेमेन्ट सोलुसन, एभरेष्ट रेमिटसँग सहकार्य

रेमिट्यान्स वालेट ट्रान्सफर विस्तार गर्दै नेपाल पेमेन्ट सोलुसन, एभरेष्ट रेमिटसँग सहकार्य

नेपाल पेमेन्ट सोलुसन्स्ले रेमिट्यान्स वालेट ट्रान्सफरको क्षेत्र विस्तार गर्दै एभ्रेष्ट रेमिट सँग सहकार्यको लागि सम्झौता गरेको छ ।

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर र एभरेष्ट रेमिटको तर्फबाट निखिल श्रेष्ठ, करेस्पोन्डेन्ट बैकिंङ्ग तथा रेमिट्यान्स कर्जा प्रमुखले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

रेमिट्यान्स वालेट ट्रान्सफर प्लेटफर्मका लागि नेपाल पेमेन्ट सोलुसन्स्ले प्रमुख एक्सप्रेसको भुमिका निर्वाह गर्दछ । यसले भौतिक तथा पुरानो रेमिट्यान्स प्रणालीलाई समेत आधुनिक प्रणालिमा जोडिदिने काम गर्दछ ।

यो प्लेटफर्मको शुरुवात सँगै सेवाग्राहीहरुले विश्वको जुनसुकै कुनाबाट कुनै पनि समय विद्युतीय रेमिट्यान्स कारोबार गर्न सक्नेछन् ।

यो विद्युतिय रेमिट्यान्स कारोबारले डिजिटल वालेटको विभिन्न फाइदाहरु पनि उपयोग गर्न पाइनेछ । यो प्रणाली सबैका लागि सहज, छिटो, सुरक्षित र सरल किसिमको पैसा पठाउने र पाउने माध्यम हो ।