कीवर्डहरू -

२१ औं शताब्दीका लागि आईटी पुस्ता तयार पार्दै डिजी स्कुल

२१ औं शताब्दीका लागि आईटी पुस्ता तयार पार्दै डिजी स्कुल

डिजी स्कुल ग्लोबलले प्रमुख रुपमा २१ औं शताब्दीको आवश्यक्तालाई मध्यनजर गर्दै तार्किक सोच, सञ्चार तथा सहयोगको शीप, समस्या समाधान गर्ने कौशल र मिडिया साक्षरताहरुको ज्ञान तथा सिप नयाँ पुस्तालाई सिकाउने अभियान अनुसार संचालित बालबालिकाहरुको उमेर अनुसार विभिन्न तहको लाइभ क्लासहरु संचालन तथा मूल्यांकन गरी अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त एनसीसी यूके आईटी कोर्सको प्रमाणपत्र अभिभावकहरुको उपस्थितिमा विद्यार्थिहरुलाई मिति २०७८ आश्विन ९ गते हस्तान्तरण गरेको छ ।

कार्यक्रममा कम्पनीका अभय राजु बानियाँले अब आउने समय प्रविधिको भएकाले कम्प्युटर सीप आधारभुत बनाउनु पर्ने बताए ।

उनले विकसित मुलुकहरुमा प्राथमिक स्कूलबाटै बच्चाहरूले कोडिङ, ग्राफिक्स, भिडियो सम्पादन सिकिरहेको बताए । तसर्थ नेपाली बालबालिकाहरु पनि विश्व बजारमा प्रतिस्पर्धी होउन भनेर डिजी स्कूलले यो कोर्ष संचालन गरिरहेको उनको भनाइ छ ।

यो कोर्ष मार्फत बढी भन्दा बढी  विद्यार्थीहरुलाई सहभागी गराएर डिजिटल नेपालको सपना साकार पार्न नयाँ पुस्ता निर्माण गर्ने कार्यमा प्रयासरत भएको जानकारी पनि गराए ।

यो कोर्ष शिपमुखी भएकाले विद्यार्थीले विद्यालय तहमै वेबसाईट, र मोबाइल एप बनाउन सक्षम हुने आइटी अध्ययन गर्नेहरु स्वरोजगार बन्ने र ईन्टरनेटले घरबाटै देश विदेशको विभिन्न काम गर्न सक्ने छन् ।

त्यस्तै उनले बेलायत सरकार मातहत दर्ता भइ विद्यालय र उच्च शिक्षा सम्बन्धि पाठ्यक्रम निर्माण गर्ने एनसीसी यूके आईटी कोर्सले विद्यालय तहको लागि तयार गरेको कम्प्युटर कोर्स डिजी  प्रोग्रामलाई नेपालमा डिजी नाम दिएको बताए ।