कीवर्डहरू -

डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ अफर, नयाँ जडानसँगै स्पेन घुम्ने अवसर

डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ अफर, नयाँ जडानसँगै स्पेन घुम्ने अवसर

विगत ११ वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाएको छ । डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु सँगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ जस अनुसार डिशहोमले ग्राहकहरुलाई विभिन्न योजना मार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरु प्रदान गर्दै आएको छ ।

अहिले नेपालीहरुको घर आँगनमा चाड पर्वको मौसम छाई सकेको छ, यो रमाईलो पर्वको मौसमा थप खुशीयाली र उत्साह थप्न डिशहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना संचालनमा ल्याएको छ ।

२०७८ असोज ११ गते देखि लागुहुने यो योजना अन्तर्गत डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् । साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले २ हजार रूपैयाँको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ ।

लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ । यो योजना प्रभु टिभी, सिम टिभी, र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध छ ।

लालिगा सिजन टिकट मार्फत डिशहोम, प्रभु टिभी र सिम टिभीका ग्राहकहरुले स्पेनको घरेलु तथा सवैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने लालिगा हेर्न सकिने छ । यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ ।

हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा लालिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रसारण भईरहेको छ ।

डिशहोमको यस योजनाले ग्राहकहरुलाई स्पेनमा गई प्रत्यक्ष स्टेडियममा लालिगाको खेल हेर्ने मौका प्रदान गरेको छ ।यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुनेछ ।