कीवर्डहरू -

१२ औं एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गभर्नेन्स फोरम शुरू

१२ औं एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गभर्नेन्स फोरम शुरू

इन्टरनेट गभर्नेन्स इन्स्टिच्यूटको मुख्य आयोजना तथा नेपाल इन्टरनेट फाउण्डेशन, इन्टरनेट एक्सचेन्ज नेपाल र इन्टरनेट सोसाईटी नेपालको आयोजनामा  १२ औं एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गवर्नेन्स फोरम २०२१ शुरू भएको छ ।

सेप्टेम्बर ३० सम्म सञ्चालने हुने एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गभर्नेन्स फोरममा इन्टरनेट गभर्नेन्सको बहुआयामिक मुद्दाहरुमा छलफल हुनेछ ।

यस फोरममा एशिया प्रशान्त क्षेत्र लगायत विभिन्न मुलुकहरुका अन्तर्राष्ट्रिय/ बहुराष्ट्रिय सूचना प्रविधि कम्पनीहरु, सरकारी तथा गैर–सरकारी प्रतिनीधिहरु समेत ६०० भन्दा बढी व्यक्तिहरुको सहभागिता हुने गर्दछ ।

चार दिन सम्म चल्ने यस सम्मेलनले एशिया प्रशान्त क्षेत्रमा इन्टरनेट गर्वनेन्सको अवस्था, चुनौती, सम्भावना, समाधान आदिका बारेमा व्यापक छलफल गर्ने गर्दछ ।

समावेशी, दिगो तथा विश्वसनीय इन्टरनेटकोलागि पहल मूल नाराका साथ हुन लागेको यस सम्मेलनमा नेपाल दूरसंचार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल, फ्रीडम फोरम नेपाल, फोरम फर डिजिटल इक्वालिटि, नेपाल नेटवर्क अपरेटर्स ग्रुप, इन्फर्मेसन सेक्युरीटी रेस्पोन्स टीम (एनपीसर्ट) र सेन्टर फर साइबर सेक्युरीटि रिसर्च एण्ड इनोभेसन समेतको सहकार्य रहेको छ ।

हाल कोभिड–१९ को प्रभाव केही कम भएतापनि पूर्ण रुपमा जोखिम बाँकी नै रहेकोले नेपाली समुदायकोलागि स्वास्थ्य प्रोटोकल कायम राखी भौतिक रुपमा काठमाडौंमा र विदेशी सहभागीहरुका लागि भने भर्चुअल माध्यमबाट नै संचालन हुनेछ ।

कार्यक्रमको औपचारिक उद्घाटन संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले गरेका छन् । उद्घाटन सत्रमा कोभिड १९ः इन्टरनेट एज अ लाइफलाइन शिर्षकमा विज्ञहरु सहभागी प्यानल छलफल भएको छ ।

यस सम्मेलन कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नको लागि संयुक्त राष्ट्रसंघ इन्टरनेट गभर्नेन्स फोरम, एपीनिक, आइक्यान, इन्टरनेट सोसाईटी, एफवान सफ्ट इन्टरनेशनल, वल्र्डलिंक कम्युनिकेशन, सुबिसु केबलनेट, भायानेट कम्युनिकेशन्स, नेपाल टेलिकम, लेनदेन सेवा वालेट, खल्ती वालेट, विजबजार डट कम, ठकराल वान, डिजिटल नेटवर्क सोलुसन्स, लज्गा डट कमले आर्थिक तथा प्राविधिक सहयोग रहेको छ ।