ओपो रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्टका १० विजेताहरूको घोषणा गरिएको छ । ३ हजार ३ सय ४५ कलाकृति मध्येबाट विजेताको छनोट गरिएको ओपोले जनाएको छ ।
ओपोले छनोटमा परेका उत्कृष्ट कलाकृतिहरु लन्डन डिजाइन फेस्टिभल २०२१ लाई हस्तान्तरण गरिसकेको बताएको छ ।
ती कलाकृतिहरु मार्फत नवोदित कलाकारका सिर्जनशील प्रतिभा प्रदर्शित गर्नुका साथै तिनको रचनात्मक महत्वकांक्षाहरुलाई गति प्रदान गर्नु कम्पनीको उद्देश्य रहेको ओपोले जनाएको छ ।
ओपोले आयोजना गरेको रेनोभेटर्स कार्यक्रममा कलाकारहरुलाई प्रकाशको बिषयबस्तु वरपर रही कलाकृति तथा रचनात्मक अवधारणाहरू विकसित गर्ने जिम्मेवारी दिइएको थियो ।
केही महिनाका लागि सञ्चालित ओपो रेनोभेटर्स २०२१ मा विश्वभरका ४० देश तथा क्षेत्रबाट कलाकारहरुले ३ हजार ३ सय ४५ जना आफ्ना कलाकृति पेश गरेका थिए ।
कलाकृतिहरूको नवीनता, कलात्मकता, व्यावहारिकता तथा अभिव्यक्तिको स्तरका आधारमा मूल्याङ्कन पश्चात समग्र कलाकृति मध्येबाट उत्कृष्ट १० को चयन गरिएको हो ।