कीवर्डहरू -

एमएसएसपी प्रदायकमा १५१ औं स्थानमा भैरव टेक्नोलोजी पर्न सफल, एसियामा पनि टप १५ 

एमएसएसपी प्रदायकमा १५१ औं स्थानमा भैरव टेक्नोलोजी पर्न सफल, एसियामा पनि टप १५ 

नेपालको भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायक मध्ये १५१ औं स्थानमा परेको छ । त्यस्तै यो एसियामा उत्कृष्ट १५ भित्र पनि पर्न सफल भएको छ । यो कम्पनी सन् २०१८ मा स्थापना भएको थियो । भैरवले विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीलाई साइबर सेक्युरिटी सोलुसन प्रदान गर्दै आएको छ ।

नेपालमै बनेको र विभिन्न प्रावधानहरूबाट प्रयोगमा ल्याइएको भैरवको इन–बिल्ट सफ्टवेयर भैरव सिटिएमएसले आर्टिफिसियल इन्टेलिजेन्स, थे्रट इन्टेलिजेन्स र ह्युमन इन्टेलिजेन्स (साइबर सेक्युरिटी एनलिस्टहरूको समूह) को संयोजनबाट कम्पनीहरूको गोप्य सेक्युरिटी पद्धति र पहिचानलाई ध्यानमा राखी हरेक समय ग्राहक कम्पनीहरूलाई साइबर सुरक्षा दिने कार्य गर्दै आएको जनाइएको छ । फ्रिडम हाउसले हरेक वर्ष ‘फ्रिडम’ नामक वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।

जारी भएको नयाँ प्रतिवेदन अनुसार कम्तीमा पनि ४८ देशले टेक कम्पनीको कन्टेन्ट, डेटा र प्रतिस्पर्धामा नियन्त्रण गर्ने गरी कानुनी व्यवस्था गरेको छ । त्यस्तै २४ देशले इन्टरनेट कन्टेन्टलाई कस्तो व्यवहार गर्ने भन्ने विषयमा कानुनी व्यवस्था गरेको जनाइएको छ । जसमा गैरकानुनी कन्टेन्ट हटाउनुपर्ने, कन्टेन्ट पारदर्शी हुनुपर्ने, राजनीतिक तथा सञ्चार माध्यममा सेन्सरशिपजस्ता विषय रहेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालमा पहिलोपटक यस किसिमको साइबर सुरक्षा प्रणाली सुचारु गरेको भैरव कम्पनीले आवासीय र गैरआवासीय कम्पनीहरूसँग साझेदारी गरी विविध सेवाहरू, जस्तै : भिए–पिटी (भल्नरेबिलिटी असेसमेन्ट–पेनिट्रेसन टेस्टिङ), व्यवस्थित जिआरसी सेवा, इन्फर्मेसन सिस्टम अडिट, साइबर सेक्युरिटीको जानकारी र विविध सेवासुविधाहरू प्रभावशाली रूपमा प्रदान गर्ने जनाएको छ ।