कीवर्डहरू -

सनराइज बैंक द्वारा डिजिटल शिक्षाका लागि दरबार हाई स्कुललाई आर्थिक सहयोग

सनराइज बैंक द्वारा डिजिटल शिक्षाका लागि दरबार हाई स्कुललाई आर्थिक सहयोग

सनराइज बैंकले दरबार हाई स्कुलको डिजिटल शिक्षाका लागि आर्थिक सहयोग गरेको छ । बैंकले १४ औं वार्षिकोत्सवको अवसर पारेर जोन्ता क्लब काठमाडौं मार्फत स्कुललाई आर्थिक सहयोग गरेको हो ।

सरकारी विद्यालयहरुमा डिजिटल कक्षाहरू संचालन गर्न पर्याप्त स्रोतसाधन र प्रविधिको अभाव रहेको कुरालाई मध्यनजर गदै बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको संस्कृत माध्यमिक विद्यालयका शिक्षकहरुका लागी ल्यापटप खरिद गरी आवश्यक तालिम संचालन गर्न जोन्ता क्लब काठमाडौंलाई २ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।

सनराइज बैंकले यसअघि पनि दरबार हाई स्कुल अन्तर्गतको भानु माविका विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौंलाई तीन लाख रुपैयाँ सहयोग गरेको थियो ।