कीवर्डहरू -

बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड प्रयोगकर्ताहरुलाई स्मार्ट दशैं अफरमा २०% सम्मको नगदफिर्ता

बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड प्रयोगकर्ताहरुलाई स्मार्ट दशैं अफरमा २०% सम्मको नगदफिर्ता

बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक प्रयोगकर्ताहरुले स्मार्टडोको स्मार्ट दशैं अफरमा २०% सम्म नगदफिर्ता पाउने छन् । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी स्मार्ट डोकोले २०७८ साल असोज १४ गतेबाट संचालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २०% सम्म नगदफिर्ता पाउन सक्नेछन् ।

प्रयोगकर्ताहरुले यस अफरबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरेमा २०% वा अधिकतम रु.१,५०० सम्म नगदफिर्ता पाउनेछन् ।

स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २०% सम्म नगदफिर्ता सहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद पनि गर्न सक्नेछन् ।