कीवर्डहरू -

विश्वका  ठूला टेक कम्पनीहरु 

विश्वका  ठूला टेक कम्पनीहरु 

आधुनिक युगमा प्रविधिको विकास तिव्र गतिमा भइरहेको छ । विभिन्न वर्ग, उमेर, क्षेत्रका मानिसहरु प्रविधिको प्रयोग गरी रहेको छन् । प्रविधिको विकासको कुरा गर्दा इन्टरनेटको विकासले संसारलाई एउटा सानो गाँउ बनाई दिएको छ ।


फोब्स म्यागजीनले सन् २०१८ को जुनमा आफ्नो दोस्रो बार्षिक सूचि “ठूला सामुदायिक २००० कम्पनीहरुको सूचि” प्रकाशन गरेको छ । फर्बसले कम्पनीको नाफा, सम्पती, बिक्री र बजार मूल्यका आधारमा विश्वको उत्कृष्ट कम्पनीहरुको सूचि तयार गर्ने गरेको छ । यस सूचिमा १८ विभिन्न देशको टेक्नो कम्पनीहरुले आफ्नो स्थान बनाउन सफल भएका छन् ।

एसिया–प्रशान्त क्षेत्रको ५९ टेक्नो कम्पनीहरु र सयुंक्त राज्य अमेरीकाबाट ५४ टेक्नो कम्पनीहरु सूचिमा परेका छन् । एपल पहिलो र सामसुङले दोस्रो स्थान सुरक्षित गरेका छन् । ७ वटा अमेरीकन टेक्नो कम्पनीहरु र ३ वटा एसिया प्रशान्त क्षेत्रको टेक्नो कम्पनीहरु टप १० मा पर्न सफल भएका छन् । अमेरीकन टेक्नो कम्पनीहरु एपल, माइक्रोसफ्ट, एल्फाबेट, इन्टेल, आइबिएम, फेसबुक र ओर्याकल रहेका छन् । त्यस्तै एसिया प्रशान्त क्षेत्रको सामसुङ, टिसेन्ट होलिडे र होन हाई प्रिशिजन रहेका छन् ।

एप्पल
विश्वमा प्रविधिको विकासको नेतृत्व गर्ने ठूला टेक्नो कम्पनीहरुको कुरा गर्दा विश्वमा आफ्नो प्रभाव पार्न सफल एपल कम्पनी पहिलो स्थानमा पर्दछ । सन् १९७६ मा स्टीव जव, रोनाल्ड वेन र स्टीव वोज्रिककले सुरुवात गरेका थिए । हाल यसको मुख्य कार्यलय क्यालीफोनीया, अमेरीकामा रहेको छ । यो कम्पनीले कम्पीटर सफटवेर, उपभोक्ता इलेक्ट्रोनिक र अनलाईन सेवाको विकास गर्दछ । यसको परिचित हार्डवेरहरु आइफोन, आइप्याड, एपल वाच, इपल टि.भी र म्याक पर्सनल कम्पीटर रहेका छन् । २०१८ मा ९२६.९ अर्ब अमेरीकी डलर आम्दानी गरेर एपल विश्वको धनी कम्पनीकोे सूचिको पहिलो स्थानमा पर्दछ ।


सामसुङ
सामसुङले यस वर्ष पनि दोस्रो स्थान सुरक्षित गर्न सफल भएको छ । यो कम्पनी १९९६ मा दक्षिण कोरीयाको सुवानमा स्थापना भएको थियो । यसको मुख्य उत्पादनहरु विधुतिय उपकरण र इलेक्ट्रोनीक्स उत्पादनहरु रहेको छ । यसका साथै यसले स्मार्टफोन, मोबाईलफोन र टेलिभिजनको उत्पादन गर्दछ । यसको वार्षिक आय ३२५.९ अर्ब अमेरीकी डलर आम्दानी गरेर सामसुङ इलेक्ट्रोनीक्स विश्वको धनी कम्पनीको सूचिको १२ औँ स्थानमा पर्दछ । सामसुङले २००५ मा आफ्नो प्रतिस्पर्धी कम्पनी सोनीलाई पछाडी पारेर विश्वको सबैभन्दा लोकप्रिय ब्रान्ड बन्न सफल भएको थियो ।

माइक्रोसफ्ट
माइक्रोसफ्ट विश्वकै अब्बल सफ्टवेर तथा प्रोग्रमीङ कम्पनी हो । यसको स्थापना सन् १९७५ मा भएको थियो । यसको बिक्री १०३.३१ अर्ब अमेरीकी डलर र बजार क्षमता ७५०.६ अर्ब अमेरीकी डलर रहेको छ । यसमा १२४,००० कामदारहरु रहेका छन् । यो २०१८ विश्वको ठूलो सामुदायीक कम्पनीको सूचिमा तेस्रो स्थानमा पर्दछ । कम्पनीका सस्थापक बिल गेट्स लगातार धेरैपटक विश्वका सबैभन्दा धनिको सुचिमा पर्दै आएका छन ।

\"\"

एल्फाबेट (गुगल)
यो एक कम्प्युटर सर्भिस तथा सर्च इन्जिन कम्पनी हो । यसको स्थापना सन् २०१५ मा भएको थियो । यसमा ८०,११० कर्मचारीहरु कार्यरत रहेका छन् । एल्फाबेटको बिक्री १७७.८८ अर्ब अमेरीकी डलर र बजार क्षमता ७६६.४ अर्ब अमेरीकी डलर रहेको छ । अल्फाबेट अन्तर्गत गुगल, युट्युब, जिमेल सँगै अरु दर्जनौ कम्पनी तथा प्रडक्टहरु रहेका छन ।

इन्टेल
यो सन् १९६८ मा स्थापना भएको एक सेमीकन्डक्टर कम्पनी हो । यसको बजार क्षमता १.४९% ले वृद्धि भएर यसको बजार क्षमता २५४.८ अर्ब अमेरीकी डलर रहेको छ । यसको बिक्री ६४.०३ अर्ब अमेरीकी डलर रहेको छ । यसको मुख्य कार्यलय क्लीफोनीयामा रहेको छ । यहाँ १०२,७०० कर्मचारीहरु रहेका छन् ।


आइबिएम
आइबिएम सन् १९११ मा स्थापीत कमप्युटर सर्भिस कम्पनी हो । आइबिएमको बजार क्षमता ०.४६ % ले वृद्धि भएर यसको बजार क्षमता १३२.३% अर्ब अमेरीकी डलर र बिक्री ८०.०६ अर्ब अमेरीकी डलर रहेको छ । यसको मुख्य कार्यलय न्यूर्योकमा रहेको छ । यहाँ ३९७,८०० कर्मचारीहरु रहेका छन् ।

फेसबुक
फेसबुक सन् २००४ मा स्थापीत एक अमेरिकी अनलाइन सोशल मिडिया र सामाजिक नेटवर्किंग सेवा कम्पनी हो । यो लोप्रिय सामाजीक नेटवर्किंग अनलाइन सोशल मिडिया भएको छ । यसको बजार क्षमता ०.९२ % ले यसको बजार क्षमता ५४१.५ अर्ब अमेरीकी डलर र यसको बिक्री ४४.५९ अर्ब अमेरीकी डलर रहेको छ । यसको मुख्य कार्यलय क्लीफोनीयामा रहेको छ । यहाँ २५,१०५ कर्मचारीहरु रहेका छन् ।


ओर्याकल
यो सन् १९७७ मा स्थापीत सफ्टवेर र प्रोग्रमीङ कम्पनी हो । यसको बजार क्षमता ०.६१ % ले वृद्धि भएर १९१.१ अर्ब अमेरीकी डलर र यसको बिक्री ३९.४७ अर्ब अमेरीकी डलर रहेको छ । यसको मुख्य कार्यलय क्लीफोनीयामा रहेको छ । यहाँ १३८,००० कर्मचारीहरु रहेका छन् ।

टिसेन्ट होलिडे
टिसेन्ट होलिडे सन् १९७४ मा स्थापीत इलेक्ट्रोनिक्स कम्पनी हो । यसको बजार क्षमता ४९१.३ अर्ब अमेरीकी डलर र बिक्री ३५.२७ अर्ब अमेरीकी डलर रहेको छ ।  यसको मुख्य कार्यलय चिन, शेन्जेनमा रहेको छ । यहाँ ४४,७९६ कर्मचारीहरु रहेका छन् ।

होन हाई प्रिशिजन
टिसेन्ट होलिडे सन् १९९९ मा स्थापीत कमप्युटर सर्भिस कम्पनी हो । यसको बजार क्षमता ४९.५ अर्ब अमेरीकी डलर र बिक्री १५४.७५ अर्ब अमेरीकी डलर रहेको छ ।  यसको मुख्य कार्यलय चिन, न्यू ताइपे सिटीमा रहेको छ । यहाँ १,०००,०० कर्मचारीहरु रहेका छन् ।

त्यस्तै ठूलो टेक्नो कम्पनीको सूचिमा स्पोटिफाइ र चिन ३६० सेक्युरीटी पहिलो पटक पर्न सफल भएका छन् । यो स्वेडिस स्पोटिफाइ टेक्नोलोजी कम्पनीले विकास गरेको एक म्युजिक स्ट्रिमिङ सर्भिस हो । यसको लन्च कम्पनीले २००८, ७ अक्टुबरमा गरेको थियो र २०१८, २० अगस्टमा यो सेवा ६५ क्षेत्रमा उपलब्ध गराइदैँ छ । यो २०१८ विश्वको ठूलो समुदायीक कम्पनीको सूचिमा १०८ औँ स्थानमा परेको छ । शेल कम्पनी सगँ मर्जड हुनु भन्दा पहिला क्यू ३६० लाई चिन ३६० सेक्युरीटी नामले बजारमा रहेको थियो । यो २०१८ विश्वको ठूलो समूदायीक कम्पनीको सूचिमा १०२ औँ स्थानमा परेको छ ।


सिस्को सिस्टम जुन पहिलाको वर्ष टप १० मा पर्न सफल भएको थियो, यो वर्ष २३ औँ स्थानमा परेको छ । २०१८ विश्वको ठूलो समूदायीक कम्पनीको सूचिमा ३८९ स्थान तल झरेर ४४४ औँ स्थानमा परेको छ । त्यस्तै क्वाइलकमको स्थान झरेको भए तापनि यो विश्वको ठूलो समूदायीक कम्पनीको सूचिमा २८ औँ स्थानमा परेको छ ।


प्रविधिको विकास हुने क्रममा प्रविधि विकास गर्ने कम्पनीहरु बिच कडा प्रतिस्पर्धा पनि भइ रहेको छ । आफ्नो ब्राण्डलाई अन्य प्रतिस्पर्धी भन्दा अगाडी बढाउने क्रममा विभिन्न नयाँ–नयाँ प्रविधिको विकास हुदैँछ । त्यसको साथै कम्पनीको नाफा, बजार, सम्पती र बजार क्षमता बढाउने प्रतिस्प्रर्धाको होड पनि चलेको देख्न सकिन्छ ।

स्रोत : फोब्र्स