एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारा माउन्ट मोटर्स प्राइभेट लिमिटेडले ‘हेक्टर २०२१ शाइन’ भेरियन्टको बुकिङ्ग औपचारिक रुपमा शुरू गरेको छ । भारतीय बजारमा लञ्च भएपछि यसले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ । अब हेक्टर नेपाली बजारमा भित्रिन तयार भएको छ । यो गाडी हेक्टर १.५ लिटर टर्बो चार्ज्ड इन्टरकूल इन्जिनको साथ आउँदैछ ।
यो दुबै एमटी र सीवीटी भेरियन्टमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।यो विकसित एसयूभी अल–न्यू बोल्ड फ्रन्ट क्रोम ग्रिल, एलईडी हेडल्याम्प, स्टाइलिश आर १७ सिल्वर एलोइ, इलेक्ट्रिक सनरूफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ्ग ब्रेक र अन्य थुप्रै सुविधाहरुका साथ उपलब्ध हुनेछ जसले यसको शैली र कार्यक्षमतालाई एक शक्तिशाली रूप दिने कम्पनीले जनाएको छ । यो २६.४ सेन्टिमिटरको एचडी टचस्क्रिन एभीएन प्रणालीको साथ आउँदैछ ।
एमजी हेक्टर एक विकसित एसयूवी कार हो जसले आफ्नो क्षेत्रमा नयाँ बेञ्चमार्क स्थापित गरेको छ । यो गाडी २५+ सुरक्षाका सुविधाहरुका साथ इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम, ट्याक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, रियर वाइपर र वाशर, रियर डिफोगर, फ्रन्ट फग ल्याम्प र गति चेतावनी एलर्ट सहित उपलब्ध रहेको छ ।