कीवर्डहरू -

रियलमीको फेस्टिभल अफर “रियलमी फेस्टिभ डेज” यस दशैँमा अझै उत्साहजनक उपहारको साथमा

रियलमीको फेस्टिभल अफर “रियलमी फेस्टिभ डेज”  यस दशैँमा अझै उत्साहजनक उपहारको साथमा

स्मार्टफोन ब्राण्ड रियलमीले नेपालीहरुको को महान् चाड दशैँ तिहारको अवसरमा “रियलमी फेस्टिभ डेज” अफर घोषणा गरेको छ । यो अफर असोज १६ गतेदेखि शुरु भई कार्तिक ३० गते सकिनेछ । यस अफरले रियलमीका नयाँ ग्राहकहरुलाई चाडपर्वको अवसरमा धेरै उपहार जित्ने अवसर प्रदान गर्दैछ ।

यो अफरमा ३ भाग्यशाली रियलमीका ग्राहकहरुले बम्पर पुरस्कार मार्फत कन्का ६४ फोरके टिभी, कन्का ७ केजी फ्रन्ट वासिङ मेसिन वा रियलमी एट प्राप्त गर्नेछन् । साथै प्रत्येक हप्ता १२ जना भाग्यशाली ग्राहकहरुले सि ११ २०२१ र प्रत्येक दिन १८० जना भाग्यशाली ग्राहकहरुले कन्का १८०० वाटको भाक्युम क्लिनर, कन्का डिलक्स राईस कुकर, कन्का १८०० वाटको  आईरन वा कन्का होम थियेटर स्पीकर जित्ने मौका प्राप्त गर्नेछन् ।

यो अफरमा भाग लिनको लागि नयाँ उपभोक्ताहरुले क्यूआर कोड स्क्यान अथवा यसमा लगइन गरी त्यहाँ भएको एउटा फारम भरी आफ्नो रियलमी फोनको आईएमईआई नम्बर राख्नुपर्नेछ ।

यो अफर रियलमीका सबै स्मार्टफोनहरुमा लागु हुनेछ । लक्की ड्र मार्फत दैनिक÷साप्तहिक तथा बम्पर विजेताहरु को नाम रियलमीको अफिसियल फेसबुक पेज मार्फत जानकारी गराइने छ,  । यो अफर नेपालमा बसोबास गर्ने सबै नागरिकहरुको लागि खूल्ला गरिएको हो ।