कीवर्डहरू -

एमालेले सार्वजनिक गर्याे नयाँ लोगोसँगै पार्टीका लागि नयाँ एप

एमालेले सार्वजनिक गर्याे नयाँ लोगोसँगै पार्टीका लागि नयाँ एप

एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गरेका छन् । एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ ।

यसअघि सूर्य चिन्हको बीचमा सीपीएन यूएमएल लेखेर हँसिया हथौडा राखिएको थियो । यस एपले सबै कार्यकर्तालाई एकअर्कासगँ सञ्जालमा जोड्न मद्दत गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।

उनीले नयाँ सदस्यता एपमार्फत लिन सकिने र पार्टीले तोकेको शुल्क तिरेर सदस्यता नवीकरण गर्न सकिने पनि जानकारी दिएका छन् । तामाङले पार्टीको निर्णयहरु एपमार्फत सबै कार्यकर्तालाई एकसाथ दिइनेछ भने एपमा पार्टीका सबै कमिटी, जनवर्गीय संगठनको प्रोफाइल हुने पनि बताएका छन् ।