कीवर्डहरू -

डिजिटल एण्ड बियोण्डले गर्याे कोरियामा गूगल क्लाउड पाटर्नरको रुपमा सम्बद्ध कार्यालय स्थापना

डिजिटल एण्ड बियोण्डले गर्याे कोरियामा गूगल क्लाउड पाटर्नरको रुपमा सम्बद्ध कार्यालय स्थापना

सूचना तथा प्रविधिको युगमा शिक्षाक्षेत्र सँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्ध राख्ने हरेकले समय र सूचनाको गतिसँगै अघि बढ्नु अत्यावश्यक हुने गर्दछ । सम्भावनाको साथ शिक्षण कार्य प्रविधिले मल जल गर्ने प्रयासमा गूगल फर एजुकेसनको सहकार्यमा नेपालका विभिन्न जिल्लाहरुमा शिक्षक तालिम तथा शिक्षामा आईसिटी लगायत कार्यक्रम डिजिटल एण्ड बियोण्ड भन्ने संस्थाबाट शुरु भई आज सम्म निरन्तर भइनै रहेछ ।

डिजिटल एण्ड बियोण्ड नेपाल साथै एशिया प्याशिफिकको का लागि गूगल क्लाउड पाटर्नर हो । यही शैक्षिक अभियानमा यस संस्थाबाट कोरियाका लागि गूगल को प्रतिनिधिको सहकार्यमा त्यहाँका केही शैक्षिक संस्था र विधार्थीहरुको नेपालको पनि केही शैक्षिक संस्था र विधार्थीहरु बिच अध्ययनमा प्रविधिसँगको बुझाई र गराई आदानप्रदान गर्ने गराउने कार्यक्रम अघि बढिरहेको छ  ।

अझै उपलब्धिका लागि, कोरियामा रहेको कम्पनी ह्याण्ड्स इन ह्याण्ड्स एक नेपाली संस्था डिजिटल एण्ड बियोण्डको एफिलियटका रुपमा सञ्चालन भईरहेको छ । व्यापारको सम्भावना राम्रो त अवश्य छ , तर कठिनाई पक्कै धेरै छ । सही सोचका साथ उचित निर्णय लिई अघि बढ्ने अनि शिक्षाको साथै डिजिटल मार्केटिङ्गका सम्भावनामा पनि प्रयास गर्ने कम्पनीका सी.ई.ओ.सगुन ढुंगानाले बताएका छन् ।