मोबाइल स्मार्ट फोन निर्माता भीभो कम्पनीले नयाँ स्मार्ट फोन ब्राण्ड भीभोे वाई २१ आज देखि नेपाली बाजारमा ल्याएको छ । भीभो वाई सिरिजको यो पछिल्लो स्मार्टफोन हो । नयाँ बजारमा आएको यो स्मार्ट फोनको सुपर स्लिम वडीका साथै ५००० एम्.ए.एच ब्याट्री र १८ वाट फाष्ट चार्जर छ । पर्याप्त ब्याट्री क्षमता भएको र सुपथ मूल्यको स्मार्ट फोन खोज्ने ग्राहकहरुका लागि यो अति उपयोगी छ । यसको विशेषता स्ट्रङ्ग मेमोरी र आकर्षक डिजाइन हो ।
भीभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले भीभो वाई सिरिज सबै क्षेत्रका ग्राहकहरुमा पूर्ण परिचित हुनुका साथै अत्यन्त मन पराइने स्मार्ट फोनमा पर्ने बताएका छन् । कम्पनीले बजारको व्यापक अध्ययन अनुुसन्धान गरी ग्राहकहरुलाई उपयोगी र मनपर्ने डिजाइनमा उत्पादन गरेको पनि बताएका छन् ।
नयाँ उत्पादन वाई २१ आकर्षक डिजाइन सहित भरपर्दो सेवा दिन सक्ने गरी बनाइएको छ । यसका डिजाइनहरुमा ८.० एम्. एम् स्लीम वडीमा छ, जुन मूल्य अनुपातमा अक्ति उपयोगी छ । वाई २० को पूर्ण सफलता पछि वाई २१ नेपाली बजारमा ल्याइएको हो ।
वाई २१ मा ८ मिली मिटरको सुपर स्लीम वडीका साथै साइड्मा फिङ्गर प्रिन्ट स्क्यानर जडान गरिएको छ, जसले लक–अनलक गर्न र छिटो पहुँचका लागि मद्दत गर्नेछ । यो ०.४ मिली मिटर पातलो र यसको प्रोसेसर भन्दा १० ग्राम हल्का भएकाले प्रयोग गर्न सजिलो छ । यो प्रोफेसनल आकार र स्टाइलिस हुनुका साथै हेर्नका लागि सजिले ६.५१ इन्च डिस्प्ले स्त्रिन छ ।
वाई २१ का विशेषतामा ५००० एम्.ए.एच् व्याट्री, १८ वाटको फाष्ट चार्जर टाइप सी, डिभाइस सोकेश ४ जी वी + १ जी वी सहित दोस्रो जेनेरेशनको र्याम छ जसले सहज तरिकाले एप्स संचालन गर्न सकिनेछ । साथै झन्झट विना एकै पल्ट एक भन्दा बढी एप्स संचालन गर्न सकिने यसको क्षमता रहेको छ ।
वाई २१ ले ६४ जिबी को साथ अत्यधिक १ टिबी (अक्तिरीत्त खरिद गर्न सकिने) बढाउन सक्ने मेमोरी क्षमतामा निर्माण गरिएको छ, जस्ले सजिलै ठुलो फाईल भण्डारण गर्न सकिने छ ।
भिभो वाई २१ मा मुख्य क्यामरा १३ एम्पी क्यामेरा जडान गरिएको छ । जसले बहुपक्षीय र कम प्रकासबाट फोटो लिन सकिन्छ । अगाडीको क्यामरामा २ एम्पी माइक्क्रो क्षमता युक्त क्यामेरा जडान गरिको छ । यसको लेन्सले ४ सिएम सम्म नजदिक आफ्नो वरपर लुकेर रहेका तर आकर्षक दृश्यहरुलाई कैद गर्न सकिन्छ ।
८ एम्पीको फ्रन्ट क्यामेराले प्राकृतिक सौन्द्रयलाई स्पष्ट र सफाहरुमा खिच्ने क्षमता राख्दछ । त्यसैले ग्राहकले आफ्नो रुचिअनुसार सल्फी तथा अन्य प्रयोग गरी आत्मसन्तोषको अनुभव गर्न सक्नेछन् । क्यामरा उपकरणमा २.० फिल्टरको प्रयोगले कुनै पनि प्रकाशमा तथा रङ अनि एच डि आर छाँयाक्नमा रमाउँन सकिन्छ ।
वाई २१ स्मार्टफोन मेटालिक क्यु र डाइमण्ड ग्लो कलरमा उपलब्ध हुनेछ र असोज १९ (अक्टोबर ५) देखि नेपाली बजारमा खरीद गर्न सकिनेछ । हाल यसको मूल्य प्रतिसेट रु २२,९९९ तोकिएको छ ।