कीवर्डहरू -

एनपीएनओजीको चौथो सस्करण मंसिर २३ गतदेखि सुरु हुने

एनपीएनओजीको चौथो सस्करण मंसिर २३ गतदेखि सुरु हुने

एनपीएनओजी ( नेपाल नेटवोर्क गु्रप) को “एनपीएनओजी ४” कार्यक्रम यही मंसिर २३ गते देखि सुरु भएर २८ गते सम्म चल्ने छ । यो नेपाल नेटवोर्क गु्रपको चौथो संस्करण कार्यक्रम हो ।

यस भन्दा पहिलाको कार्यक्रमहरु एनपीएनओजीएस, एसएएनओजीएस र एप्रिकोट२०१८ को सफलता पछि एनपीएनओजीले यो कार्यक्रम गर्न लागेको छ । यस कार्यक्रमको सम्मेलन भ्यन्यू एलिस रीसेप्सन, गैरीधारा र वर्कसप भ्यन्यू होटेल यल्लो प्यागोडा, जमलमा हुने छ ।


वर्कसप निम्न विषयमा हुने छ ः

  •  ट्रयाक १ ः नेटवोर्क म्यानेजमेन्ट र सेक्युरीटी
  •  ट्रयाक २ ः आइपिभि६ डेप्लपमेन्ट
  •  ट्रयाक ३ ः एफआइटिएच (मंसिर २४ गते देखि २६ गते सम्म)
  • ट्रयाक ४ ः वाइफाइ एण्ड सेक्युरीटी (२७ गने देखि २८ गते सम्म)


यस कार्यक्रममा सहभागीता जनाउन सहभागीहरुले यस कार्यक्रमको आचार ंसहिता पालना गर्नु पर्ने हुन्छ । कार्यक्रममा आफ्नै ल्यापटप ल्याउनु पर्न छ र कम्प्यूटर नेटवोर्कको बारेमा ज्ञान भएको हुनु पर्ने छ । 
आयोजकका अनुसार सिट कम हुने भएकाले सकेसम्म चाडैँ इच्छुक व्यक्तिहरुले रेजिस्टर गनु पर्ने छ ।