कीवर्डहरू -

एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा अभिनेता तथा समाजसेवी पल शाह नियुक्त

एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा अभिनेता तथा समाजसेवी पल शाह नियुक्त

एनएमबि बैंकले युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । एक प्रेस वक्ततव्य जारी गर्दै बैंकले शाह संग द्विपक्षीय समझदारी भएको जनाएको छ । शाहसंगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास लिईएको छ ।

एनएमबि बैंकको ब्राण्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका प्रस्तुत गर्ने प्रतिबद्धता पल शाहले व्यक्त गरेका छन् । त्यसै गरी शाहलाई एनएमबि बैंक परिवारमा ब्राण्ड एम्बेसडरमा आधिकारिक रुपमा स्वागत गर्न पाउँदा बैंक खुशी छ ।