कीवर्डहरू -

एनएमबिका ग्राहकले अब सिजि इलेक्ट्रोनिक्सका सामानहरुमा ४०% सम्म छुट पाउने  

एनएमबिका ग्राहकले अब सिजि इलेक्ट्रोनिक्सका सामानहरुमा ४०% सम्म छुट पाउने  

आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेको छ । यस घटस्थापना देखी सिजि डिजिटल तथा एल.जी. शपी शोरुमहरुबाट एलजी, सिजी, गडरेज टिसिएल, सेन्सेई, केन्ट, एलिसिया र ब्लयाक प्लस डेकोरको समानको खरिदमा एनएमबिको तर्फबाट २०% देखी रु. १,५०० सम्मको क्यास ब्याक सुविधा र तत्काल छुटको रुपमा २०% सम्मको छुट पाउन सक्नेछन ।

साथै आफ्ना ग्राहक तथा कर्मचारीहरुको लागी सिजि इलेक्ट्रोनिक्सका सामानहरु किस्ताबन्दीमा खरीद गर्न पाउने गरी सम्झौता गरेको छ । एनएमबि बैंकका क्रेडिट कार्ड प्रयोग कर्ताले सि.जी. डिजिटल तथा एल.जी. शपी शोरुमबाट आफुलाई आवश्यक पर्ने सामानहरु खरिद स्थलमै किस्ताबन्दीमा गर्न सक्नेछन् ।

यसको लागी ग्राहकले सि.जी. डिजिटल तथा एल.जी. शपी शोरुमबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले ईएमआईमा रुपान्तरण गर्नेछ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारीको लागी [email protected]/ [email protected] मा ईमेल गर्न सकिनेछ ।