कीवर्डहरू -

ओपोद्वारा रायोट गेम्ससंग २०२१ लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिपका लागि पार्टनरशिपको घोषणा

ओपोद्वारा रायोट गेम्ससंग २०२१ लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिपका लागि पार्टनरशिपको घोषणा

ओपोले लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१ (एस११)को प्रायोजनका लागि रायोट गेम्ससंग पार्टनरशिपको घोषणा गरेको छ । यो पार्टनरशिप ओपोले सन् २०१९ देखि रायोट गेम्ससंग हस्ताक्षर गरेको बहु बर्षिय सम्झौताकै अंश हो । पार्टनरशिपले ओपोलाई विश्वभरका ईस्पोर्ट्स खेलाडीहरु माझ आफ्नो ब्राण्डप्रतिको जागरुकता बढाउन सघाउनेछ ।

यस बर्ष ओपोले फाइनल्समा अद्वितिय प्रदर्शनी मार्फत ब्याटग्राउण्डमा कब्जा जमाउन सफल खेलिडीहरुलाई मोस्ट भ्यालुएवल प्लेयर्स अवार्डबाट सम्मानित गर्नेछ । साथै, ओपोले आफ्ना दर्शक तथा श्रोतामाझ गेमिंग हाईलाइट्स तथा ब्यवसायिक खेलाडी तथा टिमहरुका अन्तरवार्तापनि प्रस्तुत गर्ने जानकारी दिइएको छ । यसले दर्शक–श्रोतालाई फाइनल गेम तिरको प्रगति र ब्यवसायिक खेलाडीका बारेमा अझ जान्ने मौका प्रदान गर्ने ओपोको विश्वास छ ।

‘यस बर्षपनि रायोट गेम्ससंगको पार्टनरशिपलाई निरन्तर्ता दिन पाउँदा हामी हर्षित छौँ । लिग अफ लेजेन्ड्सले हामीलाई विश्वभरका गेमर्स माझ ओपोलाई परिचित गराउन एक सटीक प्ल्याटफर्म उपलब्ध गराएको छ । अझ महत्वपूर्ण कुरा भनेको ब्यवसायिक खेलाडीहरुको अटल भावना, उत्पादन तथा प्रविधिका सवालमा नवप्रबर्तनका लागि ओपोको अथक प्रयास र प्रतिबद्धता समान छ ।

हामी आफ्ना प्रयोगकर्ताका लागि समग्र उत्कृष्टता र अभूतपूर्व अनुभव प्रदान गर्न निरन्तर प्रतिबद्ध र प्रयाशरत छौँ’, ओपोको ग्लोबल मार्केटिंगका उपाध्यक्ष तथा अध्यक्ष विलियम ल्यूले भने ।

‘पछिल्लो वर्षको सफल पार्टनरशिपका आधारमा ओपोलाई  लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१को प्रायोजकका रुपमा पाउँदा हामी निकै उत्साहित छौँ । खेलका लागि पहिलो वैश्विक स्मार्टफोन पार्टनरका रुपमा ओपो विश्वभरका ईस्पोर्ट्स खेलाडीहरु माझ सर्वाधिक प्रभावशाली प्राविधिक ब्राण्ड मध्य एकका रुपमा परिचित भइसकेको छ । हामी फाइनल्समा ओपोले दर्शकका लागि प्रस्तुत गर्ने विशेष प्रस्तुति हेर्न उत्साहित छौँ’, रायोट गेम्समा ईस्पोर्ट्सका लागि ग्लोबल हेड जोन निधामले भने ।

यस बर्षको फाइनल्सको थिम ‘मेक÷ब्रेक’ राखिएको छ । यसले असम्भवलाई तोडेर नयाँ सम्भावना निर्माणका लागि आवश्यक साहसको प्रतिनीधित्व गर्छ । निर्माणका लागि निर्माणका लागि यो खोज संगै ओपो फाइन्ड एक्स सिरिज, फाइन्ड एक्सथ्री प्रोले संसारलाई १०–बिट कलरमा खिचेर कैद गर्न मात्र नभई बिलियन रंग सहितको स्क्रिन डिस्प्लेपनि उपलब्ध गराउँछ । साथै, फाइन्ड एक्सथ्री प्रोमा कलरओएस ११.२को अंशका रुपमा ईन हाउस कलर भिजन इनह्यान्समेन्टपनि उपलब्ध गरिएको छ ।

यसले कलर भिजन डिफिसियन्सीबाट प्रभावित मानिसहरुका लागि सम्भावित पोटेन्सियल स्क्रिन क्यालिबरेशन र अप्टिमल्लि कलर करेक्टेड दृश्य प्रस्तुत गर्छ । फाइन्ड एक्सथ्री प्रोमा उपलब्ध गरिएको कलर क्यापेबिलिटी र सुलभ डिजाइन अभूतपूर्व छ । ओपोले स्मार्टफोनमा रंगको सिमाना नाघेर नयाँ सम्भावनाहरुको निर्माण गरेको छ ।

उपभोक्ता केन्द्रित ब्राण्डका रुपमा मोबाइल गेमर्सका आवश्यकता ओपोले स्पष्टरुपमा बुझेको छ । यसले गर्दा कम्पनीले कलरओएस मातहतको गेमिंग मोड मार्फत रुकावत रहित गेमिंग अनुभव प्रदान गर्छ । गेमिंग मोडको प्रयोग गरे पश्चात गेमिंग गरिरहेका बखत खेलाडीलाई नोटिफिकेशन्स, म्यासेजेज् वा कलले डिस्टर्ब गर्दैन ।

यसले गर्दा गेमर्सले रुकावतरहित इमर्सिभ गेमिंग अनुभवको मज्जा लिन सक्छन् । विश्वब्यापी ईस्पोर्ट्स समुदायसंग घनिष्टरुपमा संलग्न हुने ओपोको आशा छ । साथै, फाइनल्समा प्रदर्शित ब्यवसायिक खेलाडीहरुको भावनाले दर्शकलाई पनि आफ्ना सपना तिर अग्रसर हुन प्रेरित गर्ने ओपोको विश्वास छ ।

मोस्ट हाई स्टेक्स प्रतिस्पर्धाका रुपमा परिचित, द लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१ (एस११)मा ११ देश तथा क्षेत्रका उत्कृष्ट समूहहरुको सहभागिता रहनेछ । अक्टोबर ५मा सुरु हुने यो स्पर्धा नोवेम्बर ६ मा एंजेभ्यागो ८, १०४ रेकेभिक, आईसल्याण्डमा आयोजना हुने फाइनल्स संगै समापन हुनेछ ।