कीवर्डहरू -

मंसिर ६ र ७ मा ह्याकरहरुको सम्मेलन “थ्रेट कन २०१८” हुदै

मंसिर ६ र ७ मा ह्याकरहरुको सम्मेलन “थ्रेट कन २०१८” हुदै

थ्रेट कनले साइबर सेक्यूरिटि विकासकर्ता, सेक्यूरिटि अभ्यासकर्ता, आइटि प्रशासकहरु तथा साइबर सेक्यूरिटि अभ्यासमा चासो भएको सम्पूर्ण व्यक्तिहरुको लागी सेक्यूरिटि क्षेत्रमा गुणस्तर अभ्यास र नयाँ सेक्यूरिटि सिस्टमको सिर्जना तथा विकास गर्ने उदेश्य रहेको छ ।

यो सम्मेलन थ्रेटनिक्सले गेट प्रा.ली को सहकार्यमा गर्न लागेको छ । सम्मेलनमा विभिन्न देशहरुबाट सेक्युरिटीमा काम गर्ने इथिकल ह्याकरहरु सहभागी हुनेछन । साइबर सेक्युरिटी र यसका ग्लोबल इस्यु र समाधान सम्मेलन केन्दि«त हुनेछ ।

सम्भवत साइबर सेक्युरिटी क्षेत्रमा यो नै नेपालकै लागि वास्तविकरुपमा अन्तराष्ट्रिय स्तरको सम्मेलन हुने आयोजकले जनाएको छ ।


यो सम्मेलन अन्नपूर्ण होटलमा मंसिर ६ र ७ गते हुने २ दिने सम्मेलन रहेको छ । यहाँ स्पिकरहरुको समूहमा विभिन्न देशको साइबर सेक्यूरिटि विकासकर्ता व्यत्तिहरु रहेका छन् ।

यो कार्यक्रमाको पहिलो दिन वर्कसप र दोस्रो दिन सम्मेलन रहेको छ । यस कार्यक्रममा भाग लिनको लागी टिकट खरिद गर्नु आवश्यक हुन्छ ।


विर्धाथी , स्टान्डर र कर्पोरेट गरी ३ टिकटहरु रहेका छन् । विधार्थीको लागी टिकटको मूल्य रहेको छ । यो विधार्थी टिकट नेपाली विधार्थीहरुको लागी मात्र उपलब्ध रहेको र यो टिकटको मूल्य रु.१,५०० रहेको छ ।

स्टान्डर टिकटको मूल्य रु.२,००० र कर्पोरेटको रु.८,५०० रहेको छ । लेट(७ गते) टिकट खरिद गरेमा विर्धाथी , स्टान्डर र कर्पोरेटको क्रमशः मूल्य रु.२२००, रु.३००० र रु.१०,००० रहेको छ ।


कार्यक्रमको थप जानकारी र टिकटको लागी थ्रेटकन.आइओ वेबसाइटकाट प्राप्त गर्न सक्नु हुन्छ ।