कीवर्डहरू -

इसेवा र एमबैंकबीच सम्झौता, एमबैंक संग आबद्ध ४ सय ५० बढि सहकारीमा थप डिजिटल कारोबार गर्न सकिने 

इसेवा र एमबैंकबीच सम्झौता, एमबैंक संग आबद्ध ४ सय ५० बढि सहकारीमा थप डिजिटल कारोबार गर्न सकिने 

डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सबैभन्दा बढि सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एमबैंकबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ ।

सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले  दुई कम्पनीबीच सहकार्य भएको हो । सम्झौतासँगै एम बैंकले सेवा दिइरहेका ४ सय ५० बढि सहकारीमा अबदेखि थप डिजिटल रूपमा भुक्तानी गर्न सकिनेछ ।

इसेवासँगको सहकार्यसँगै अबदेखि एम बैंकमार्फत सहकारीबाट बैंकमा रकम ट्रान्स्फर, इसेवा वालेटमा रकम लोड, क्यूआर भुक्तानी, सबै किसिमको युटिलिटी पेमेन्ट, सेयर खरिदको भुक्तानी, मेरो सेयर÷डिम्याट नविकरण, राजस्व, ट्राफिक जरिवाना भुक्तानी लगायतका सेवा  उपयोग गर्न पाइनेछ । हाल स्क्यान एण्ड पे सेवाको सुरूवात भइसकेको छ भने अन्य सेवा निकट भविष्यमै उपलब्ध हुनेछन् ।