कीवर्डहरू -

मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीएफसी फाइनान्सको शाखा कार्यालयहरूबाट हुने

मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीएफसी फाइनान्सको शाखा कार्यालयहरूबाट हुने

मुक्तिनाथ विकास बैंकको रेमिट सेवा ‘मुक्तिनाथ रेमिट’को भुक्तानी अब आईसीएफसी फाइनान्सको शाखा कार्यालयहरूबाट लिन सकिने भएको छ ।

मुक्तिनाथ विकास बैंक र आईसीएफसी फाइनान्सबीच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ्ग र आईसीएफसी फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात मुक्तिनाथको रेमिट सेवाको भुक्तानी आईसीएफसी फाइनान्सको २० शाखाबाट सजिलै लिन सकिने छ । यसबाट मुक्तिनाथ रेमिटका ग्राहकहरुलाई रेमिट भुक्तानीका लागि अझ बढि सुविधा मिल्ने बैंकले जनाएको छ ।