कीवर्डहरू -

एन आई सी एशिया बैंकको डिजिटल दशैं योजनाः सबैभन्दा धेरै डिजिटल कारोबार गर्नेलाई आकर्षक उपहारदेखि अधिकतम २५% सम्म क्यासब्याक

एन आई सी एशिया बैंकको डिजिटल दशैं योजनाः सबैभन्दा धेरै डिजिटल कारोबार गर्नेलाई आकर्षक उपहारदेखि अधिकतम २५% सम्म क्यासब्याक

एन आई सी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका निमित्त चाडपर्वका अवसरमा ‘डिजिटल दशैं’ योजना सार्वजनिक गरेको छ । यस योजना मार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकहरूलाई आकर्षक उपहार देखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुट प्रदान गरिनेछ ।

ग्राहक महानुभावहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा पिओएस भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्युआर भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको हो ।

बैंकले २०७८ आश्विन २१ देखि कात्र्तिक २१ सम्म यस बैंकको भिसा कार्डमार्फत पिओएस  कारोबार गर्ने ग्राहकहरूलाई अधिकतम २५ प्रतिशतसम्म क्यासब्याकको योजना ल्याएको छ । जसअनुसार पहिलोपटक पिओएस   कारोबार गर्दा १० प्रतिशत वा अधिकतम रू. ५०, तेस्रोपटक कारोबार गर्दा १५ प्रतिशत वा अधिकतम रू. १२५ र पाँचौंपटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रू. २५० सम्म क्यासब्याक अफर रहेको छ ।

त्यसैगरी बैंकले नगद कारोबारबाट ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्ने उद्देश्य लिई २०७८ आश्विन २१ देखि कात्र्तिक ३० सम्म सबैभन्दा धेरै कारोबार गर्ने भाग्यशाली ग्राहकलाई प्यालसोकिनको तर्फबाट ३२ इन्च टिभी, सिजीको तर्फबाट माइक्रोवेभ ओभन, त्रिवेनी ग्रुपको तर्फबाट यासुदा ओभन, गाईया हलिडे होम धुलिखेलको तर्फबाट एक जोडीलाई आकर्षक प्याकेज, हङकुक साराङको तर्फबाट एक जोडीलाई डिनर प्याकेज,साथीमार्टको तर्फबाट १० जना भाग्यशाली विजेतालाई रू.१,००० को शपिङ्ग भौचर, अर्किड ग्रपको तर्फबाट यस बैंकको कार्डहरू प्रयोग गरी रू.५,००० भन्दा बढिको खरिदमा रू.५०० बराबरको गिफ्ट भौचर र अवेईको तर्फबाट एक जनालाइ एयरबर्ड प्रदान गरिनेछ ।