कीवर्डहरू -

नबिल बैंकले ल्यायो “नयाँ लुगा”नामको सन्देश मूलक दशैँ भिडियो 

नबिल बैंकले ल्यायो “नयाँ लुगा”नामको सन्देश मूलक दशैँ भिडियो 

नबिल बैंकले गत वर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि“नयाँ लुगा”नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । यो भिडियो नेपालीहरुको महान चाड दशैं मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाँउ फर्कने गरेको कुरामा  आधारित छ ।

भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन, घरबाट छोरीको फोन दशैंमा नयाँ कपडा ल्याइदिनु भनेर आँउछ र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशैं किनमेल गरेर गाँउ फर्किन्छन् । फर्किदा, बाटो बिग्रेर जाममा पर्छ तर परिवारको माया अनी खुशीको लागि उनी रात भरी हिंडेर गाउ पुग्छन् । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
घर पुग्दा छोरी, आमा अनी छोरीको साथी समेत सबै जना खुशीभई दशैंमनाउने तयारी गर्दछन र अब जागिर खान शहर जाने होइन, गाउँमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ ।

यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आफ्नो परिवार संग भेटि सुरक्षित साथखुशी साटासाट गर्नुपर्छ भन्ने सन्देश सरल ढंगले दिएको छ ।