नेपालीहरूको महान चाड दसैँलाई मध्यनजर गर्दै एभरेष्ट बैंकले भावनात्मक तथा चेतनामूलक सन्देशका साथ भिडियो सार्वजनिक गरेको छ ।
दसैँमा टिका लगाई दक्षिणा दिन नयाँ नोट चाहिने भएकोले मानिसहरु बैंक गएर लाइन बसेर नयाँ नोट लिन जान्छन् तर यसो गर्न भन्दा डिजिटल्ली दक्षिणा दिन बैंकले आग्रह गरेको छ ।
महामारीको यो परिस्थितिमा भीडभाडबाट टाढा रहन र डिजिटल बैंकिङ्गको प्रयोग गरि सबै पिँढीलाई स्मार्ट बन्न सन्देश यस भिडियोमार्फत दिइएको बैंकले जनाएको छ ।