कीवर्डहरू -

ओपोद्वारा कलरओएस १२, ग्लोबल भर्जनको आधिकारिक अनावरण

एण्ड्रोइड १२मा आधारित नयाँ कलरओएसले सफा, समावेशी र सटीक कार्यप्रदर्शनी दिने

ओपोद्वारा कलरओएस १२, ग्लोबल भर्जनको आधिकारिक अनावरण

ओपोले आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि आफ्नो नयाँ कलरओएस १२ सञ्चालन प्रणालीको आधिकारिक घोषणा गरेको छ । प्रयोकर्तालाई स्टक एण्ड्रोइड १२को जस्तै अभूतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ कलरओएस १२ मा समावेशी यूआई, सटीक परफरमेन्स, दैनिक कार्य सम्पादन क्षमतामा बृद्धिका साथै काम—दैनिकी सन्तुलनमा सघाउने फिचर्सहरु पनि समाहित गरिएका छन् ।

सार्वजनिक गरिए संगै ओपोले कलरओएस १२ पब्लिक बिटा आफ्ना वैश्विक प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ । यस संगै ओपो, एण्ड्रोइड १२ प्रयोगमा ल्याउने पहिलो मध्यका ओईएमहरु मध्य एक बनेको छ ।

पहिलो चरणमा ईन्डोनेसिया, थाईल्यान्ड र मलेसियामा फाइन्ड एक्सथ्री प्रो मार्फत उपलब्ध गराइने यस प्रणालीलाई क्रमबद्धरुपमा अन्य देश तथा क्षेत्रमा आउँदा महिनाहरुमा उपलब्ध गराउँदै लैजाने ओपोको योजना रहेको छ ।