कीवर्डहरू -

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैँडाकोटमा पनि

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैँडाकोटमा पनि

नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबर नेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैँडाकोटमा पुगेको छ ।

डिशहोमका बिक्री प्रबन्धक मनोज शर्माले नेपालका प्रमुख शहर काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, विरगंज, धरान, जनकपुर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान, भैरहवा पनौती, पोखरा र बिराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ । छिटै नेपालगञ्ज र धनगढीमा पनि पुग्दै छ ।

अब ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सवै भन्दा कम मूल्यमा डिशहोम फाइबरनेटले प्रदान गर्ने भएको छ । ग्राहकहरुले मासिक ८९९ मानै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जी डुअल ब्यान्ड राउटरको साथमा लिन सकिन्छ ।