कीवर्डहरू -

बिसिएको लहर सम्बन्धनको ब्यापार !

बिसिएको लहर सम्बन्धनको ब्यापार !

प्रविधि सिकेर मात्रै हुदैन, त्यसको समाजमा कसरी प्रयोग गर्ने ? बदलिदो जमानाअनुसार समाजको कसरी विश्लेषण गर्ने ? वा प्रविधिको दृष्टिकोणमा समाज र सामाजिक क्रियाकलाप कसरी व्यवस्थित गर्ने ? एउटा गम्भीर चुनौती पनि छ ।

प्रविधिको कोरा ज्ञानले अब रोबट मात्रै तयार हुने हुन् कि ? हुन त यो जायज शंका नै हो । मानिस प्रविधिमा यति धेरै लिप्त र निर्भर बनिसकेको छ कि, उसले हरेक काम यसबाटै सम्भव देख्न थालेको छ । डिजिटल युगमा सामाजिक चिन्तन, सम्बन्ध, व्यवहार र संघसंस्थाका क्रियाकलापले नयाँ परिभाषा खोज्ने बेला आएको छ ।


यी माथिका वाक्यहरुको तात्पर्य यहाँनेर जोड्न खोजिएको छ कि सूचना प्रविधिले नछोएको कुनै क्षेत्र छैन । विश्वविद्यालयमा विशुद्ध प्राविधिक र प्रयोगात्मक कार्यक्रमको रुपमा हेरिने सूचना प्रविधि विषयलाई पछिल्लो समय सैद्धान्तिक विषय पढाउने संकायहरुले पनि समेट्न थालेका छन् । यस्ता विषयको पढाइपछि मुख्यतः स्वरोजगार वा जागिर सहजै हुने अवस्था आएको छ ।


यसको पछिल्लो उदाहरण हो त्रिभुवन विश्वविद्यालयले हालै मात्र मानविकी तथा सामाजिक शास्त्र संकायमा सूचना प्रविधि विषयमा ब्याचलर्स इन कम्प्युटर एप्लिकेशन (बिसिए) सञ्चालन गर्नु । यसअघि नै शिक्षा संकाय र व्यवस्थापन संकायमा समेत सूचना प्रविधिको कार्यक्रम सम्बन्धन प्रदान गरेको त्रिविले ढिलो गरी मानविकी संकायमा ठूलो संख्यामा कलेजहरुलाई बिसिए कार्यक्रमका लागि सम्बधन दिएको छ ।

\"\"

के हो त बिसिए कार्यक्रम ?
धेरै जसो विश्वविद्यालयका बिसिए कार्यक्रम पढ्न प्लस टुमा जुनसुकै संकाय भए पुग्छ । सामान्यतयाः यो चारवर्षे ग्य्राजुएसन डिग्रीको रुपमा चिनिन्छ । ‘यो कोर्स कम्प्युटर ल्याङ्ग्वेज, कम्प्युटर सिष्टम, एप्लिकेशन तथा सफट्वेयरको क्षेत्रमा काम गर्न चाहने विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको शैक्षिक कार्यक्रम हो,’ पोखरा विश्वविद्यालयको बिसिए कार्यक्रम पढाउने एनसिआइटीका प्रिन्सिपल निरञ्जन खकुरेलले भने ।

उनका अनुसार यो कोर्शले सैद्धान्तिक तथा प्रयोगात्मक दुवै पक्षबाट कम्प्युटर सिष्टम तथा एप्लिकेशनहरुमा काम गर्न सक्ने दक्ष जनशक्तिको उत्पादन गर्न सहयोग गर्दछ । ‘बिसिएले आइटीका साथै बिजनेश तथा एडमिनिष्ट्रेशनको पक्षलाई पनि समेट्ने भएकाले ग्य्राजुएटमा म्यानेजरियल क्षमता प्राप्त हुन्छ,’ त्रिभुवन विश्वविद्यालयको बिसिए कार्यक्रम पढाउने टेक्सास इन्टरनेश्नल कलेजका एकेडेमिक डाइरेक्टर शंकरप्रसाद शर्माले भने ।


उच्च मावि तह (प्लस टु) सकेका विद्यार्थीका लागि आइटी तथा कम्प्युटिङ क्षेत्रमा काम गर्ने अवसर यस कोर्सले प्रदान गर्नुका साथै यसपछि एमसिए अर्थात् मास्टर्स इन कम्प्युटर एप्लिकेशन (एमसिए), एमएससी आइटीलगायतका कोर्स अध्ययन गर्ने बाटो खुल्ने उनी बताउँछन् ।

ढिलो स्वीकृतिले अन्यौल
अहिले विभिन्न आइटीका कोर्शमने प्रवेश परीक्षाको तयारी भइरहेको छ । तर त्रिविले बिसिएका लागि कलेजलाई सम्बन्धन दिनै ढिला गर्यो । यो ढिलाइले विद्यार्थीहरु अन्य कोर्शमा पढ्न जाने स्थिति बन्यो । पहिलो पटक ०७१ सालमा यो कार्यक्रमका लागि इच्छुक कलेजहरुसँग निवेदन माग गरिएको थियो ।
२ पटकको आह्वानमा एक सय ८० कलेजले निवेदन दिएका थिए ।

त्रिविले यसबेला पनि बिसिएको सम्भाव्यता अध्ययन गरिसकेको थिएन । कार्यकारी परिषद्ले ढिला गरी गत वर्षबाट मात्रै बिसिए कार्यक्रम स्विकृत गर्यो । यो वर्षदेखि कुल १ सय १६ कलेजहरुलाई सम्बन्धन प्रदान गरिएको छ । तर सम्बन्धनमा ढिलाइ हुँदा कलेजहरुले पनि राम्रोसँग प्रचारप्रसार गर्न सकेनन् भने विद्यार्थी अन्य आइटी कोर्श पढ्ने तयारीमा देखिए ।

न्यूनतम मापदण्ड र सम्बन्धनको ब्यापार
त्रिविले बिसिएको कार्यक्रम सम्बन्धन दिन मापदण्ड निकै थोरै राखेको गुनासो प्राइम इन्टरनेश्नल कलेजका प्रिन्सिपल सत्यबहादुर श्रेष्ठको छ । ‘आइटी पढाइरहेका कलेजहरुसँग प्रशस्त पूर्वाधार, जनशक्ति, फेकल्टी मेम्बर आदि हुन्छ । तर, पहिलो पटक बिसिए सम्बन्धन पाएका धेरै कलेजहरुमा यसको अभाव देखिन्छ,’ उनले भने । तर त्रिविले ‘मापदण्ड पुरा गरेका’ हरेक सामुदायिक र निजी कलेजबाट १० लाख रुपियाँ लिएर बिसिए कार्यक्रमको सम्बन्धन दिएको छ ।
‘सुरुमा थोरै कलेजलाई दिएको भए किन थोरैलाई दिएर सिन्डिकेट चलाएको भन्ने आरोप लाग्थ्यो । हामी व्यापक रुपमा सबैले पढ्न पाउने गरी बनाउन चाहन्छौं । देशका कुना कुनामा त्रिविका शैक्षिक कार्यक्रम सम्बन्धन प्राप्त कलेजहरु रहेका छन् । उनीहरुले हाम्रो मापदण्ड पुरा गरेका छन् भने सम्बन्धन रोक्न मिल्दैन,’ प्रा.डा. भुषालले प्रस्ट पारे ।


तर, बल्लतल्ल ल्याब तयार गरेका कलेजहरुले पनि सहजै सम्बन्धन पाएपछि विद्यार्थीले कस्तो शिक्षा पाउलान् र कस्तो नतिजा आउला भन्ने प्रश्न उब्जिएको छ । ‘एउटा वेबसाइटसमेत नभएका कलेजहरुले सम्बन्धन पाउनकै लागि त्रिविको मापदण्ड पुरा गरेको हो भन्नेमा अन्यौल छ ।

फेकल्टीसमेत आफ्नो बनाउन नसक्ने र मेनपावरमा लगानी गर्न नसक्ने कलेजहरुमा विद्यार्थीले कसरी सक्लान् ?,’ भन्ने हाम्रो प्रश्नमा डिन प्रा.डा. भुषाल भन्छन्, ‘न्यूनतम शर्त पुरा गरेपछि त्रिविले सक्बन्धन दिन्छ । हाम्रो अनुगमनमा शर्तअनुसार काम नभए सम्बन्धन खारेजीसम्मको कारबाही हुन्छ ।’ उनले विश्वविद्यालयमार्फत् बिसिए पढाउने शिक्षकहरुलाई ओरियन्टेशन ट्रेनिगं गर्ने काम भने हुने बताए ।

\"\"