नेपाली बजारमा आउँदो कात्तिक १२ गते अर्थात अक्टोबर २९ मा आईफोन १३ सिरिज सार्वजनिक हुँदै छ । नेपाली उपभोक्तालाई आईफोन उपलब्ध गराउनका निम्ति नेपालस्थित आधिकारिक विक्रेता जेनेरेशन नेक्स्टले नेपाली बजारमा आईफोनको पछिल्लो संस्करण ल्याउन लागेको हो ।
कम्पनीले नेपाली उपभोक्ताका लागि प्रि–बुकिङ पनि खुलाएको छ । ग्राहकले इभो स्टोर र ओलिज स्टोरका साथै आईफोनका रिटेल स्टोरबाट आईएमई पेमार्फत् आईफोन १३ सिरिज अर्डर गर्नसक्ने छन् ।
नेपाली बजारमा आईफोन १३ सिरिज अन्तर्गत चार मोडलका विभिन्न १५ स्टोरेज भेरियन्टको प्रि–बुकिङ खुलाइएको छ । यस अवधिमा अर्डर गर्ने ग्राहकले ३० हजार मूल्यका विभिन्न अफर प्राप्त गर्नेछन् ।
कहाँको कुपनले कति छुट ?
एभरेष्ट होटेल - १५ प्रतिशत छुट
रोडहाउस क्याफे - १० प्रतिशत छुट
बिङ ह्युमन - १० प्रतिशत छुट
निल डयाभिड सलोन - १० प्रतिशत छुट
भेन्टुरिनी सुज - १० प्रतिशत छुट
बाईकर मार्ट - १० प्रतिशत छुट
अर्बन फुड- १५ प्रतिशत छुट
केज फिटनेस- १५ प्रतिशत छुट
राईट च्वाईस नेपाल -२५ प्रतिशत छुट
अप्सन डरबारमार्ग - ५० प्रतिशत छुट
कसको मूल्य कति ?
आईफोन १३ मिनी (१२८ जीबी) १,२०,९००/–
आईफोन १३ मिनी (२५६ जीबी) १,३७,९००/–
आईफोन १३ मिनी (५१२ जीबी) १,७१,९००/-
आईफोन १३ (१२८ जीबी) १,३७,९००/-
आईफोन १३ (२५६ जीबी) १,५४,९००/–
आईफोन १३ (५१२ जीबी) १,८९,९००/–
आईफोन १३ प्रो (१२८ जीबी) १,७४,९००/–
आईफोन १३ प्रो (२५६ जीबी) १,८९,९००/–
आईफोन १३ प्रो (५१२ जीबी) २,२४,९००/-
आईफोन १३ प्रो (१ टीबी) २,५५,९९०/-
आईफोन १३ प्रो म्याक्स (१२८ जीबी) १,८९,९००/–
आईफोन १३ प्रो म्याक्स (२५६ जीबी) २,०५,९००/–
आईफोन १३ प्रो म्याक्स (५१२ जीबी) २,३९,९९०/–
आईफोन १३ प्रो म्याक्स (१ टीबी) २,७४,९९०/-