कीवर्डहरू -

जिएसएमए द्वारा एक नयाँ एशिया प्यासिफिक फाइभ जी उद्योग समुदायको गठनको घोषणा

जिएसएमए द्वारा एक नयाँ एशिया प्यासिफिक फाइभ जी उद्योग समुदायको गठनको घोषणा

जिएसएमएले आज मोबाइल ३६० एशिया प्यासिफिकमा एशिया पसिफिक फाइभ जी उद्योग समुदायको गठनको घोषणा गरेको छ; एक नयाँ इकोसिस्टम जसले उद्योग ४.० डेलिभर गर्ने र फाइभ जी नेटवर्क, एज–क्लाउड सेवा, उद्यम आईओटी र एआई बाट डिजिटल रूपान्तरणको अवसर खोज्नेहरुको लागि स्थापित भएको हो ।

यस समुदाय सरकार र एजेन्सी, उद्योग संघ, मोबाइल नेटवर्क प्रदायक, उद्यम र उद्योग प्लेयर्स, समाधान प्रदायक, विश्लेषक र सल्लाहकारहरु सहितको भ्यालु चेनमा रहेको स्टेकहोल्डरहरुको लागि डिजाइन गरीएको हो ।

एपिएसी फाइभ जी उद्योग समुदाय १२ कन्ट्रिब्यूटिंग सदस्य साथै विद्यमान आईओटी र फाइभ जी उदीयमान बजार समुदायले बनेको छ जसमा ३० भन्दा बढी देशहरुमा ५०० भन्दा बढी सदस्यहरु रहेको छ । एपिएसी फाइभ जी उद्योग समुदायको कन्ट्रिब्यूटिंग सदस्यहरुमा एआईएस, एक्जियाटा, डिईपिए, डिएचएल, ग्लोब, ह्वावे, कोसमनफो, म्याक्सिस, एमडिईसी, निडर ईलेक्ट्रीक, टेलकोमसेल, भिटेलसामेल छन् ।

फाइभ जीको महत्व

कोभिड–१९ महामारीले डिजिटल रूपान्तरणलाई तीव्र बनाएको छ र धेरै व्यवसायहरु फाइभ जीमा विशेष ध्यान केन्द्रित गरी नयाँ प्रविधिको साथ अगाडि बढिरहेका छन् । फाइभ जीले २०२५ सम्म विश्व अर्थतन्त्रमा ५ ट्रिलियन डलरको योगदान पुराउने जिएसमिएले भविष्यवाणी  गरेको छ किनकि मोबाइल सेवाहरुको बृद्धिले प्रोडक्टिभिटि र दक्षतामा ल्याएको सुधारबाट देशहरु लाभान्वित हुन्छन । फाइभ जीले यस अवधिको दौरान सबै आर्थिक क्षेत्रहरुलाई सेवा र निर्माणले लाभान्वित गराउनेछ ।

“कोभिड–१९ महामारीको समयमा मोबाइल इकोसिस्टमले मानिस, व्यवसाय र समाजको लागि एक जीवन रेखाको रूपमा काम गरेको छ । उद्योगले यसको फराकल प्रदर्शन ग¥यो र हामी अब सम्भावनाको सीमाहरुलाई धकेल्दै जानु पर्छ । एपिएसी फाइभ जी उद्योग समुदायको उद्देश्य फाइभ जी कनेक्टिविटीको ताकत अनलक गर्ने हो ताकि मानिसहरु, उद्योगहरु र समाज फस्टाउन् ।

हाम्रो उद्योगले यस समयमा गरिरहेको महत्वपूर्ण कामलाई समर्थन र विस्तार गर्न जिएसएमए अग्रणी भूमिका निभाउन प्रतिबद्ध छ,” जिएसएमएका एशिया प्यासिफिक प्रमुख जुलियन गोर्मनले भन्नुभयो ।

“हामी फाइभ जी उद्योग इनोभेसन, एप्लिकेसन र व्यापार अवसरको समर्थनको लागि एक सहयोग प्लेटफर्मको रूपमा एपिएसी फाइभ जी उद्योग समुदायको गठनको घोषणा गर्न उत्साहित छौं ।”

“फाइभ जीले हाम्रो अर्थव्यवस्थाको ठोस डिजिटल रूपान्तरण सक्षम पार्नेछ र एपिएसी फाइभ जी उद्योग समुदाय पहलको लक्ष्य एमडिईसीसंग रेजोनेट हुनेछ । हामी एक प्रगतिशील डिजिटल अर्थव्यवस्थाको नेतृत्व गर्नको लागि हाम्रो भिजनसंग र मलेशिया डिजिटल अर्थव्यवस्था ब्लूप्रिन्टको समर्थनमा दुबै सरकारी र निजी स्टेकहोल्डर्ससंग प्रभाबकारी सहयोगको लागि तत्पर छौं,” एमडिईसी (मलेशिया डिजिटल इकोनोमी कर्पोरेशन) का प्रमुख कार्यकारी अधिकृत, महाधीर अजीजले बताए ।

“हालका वर्षहरुमा फाइभ जी कनेक्टेड सेवाहरुको व्यवहारिक पथको लागि उद्योगहरुलाई समर्थन गर्नको लागि ह्वावेले डिजिटल रूपान्तरणमा काम गरीरहेको छ । अब हामीसंग सबै सम्भावित उद्योगहरुको लागि एपिएसी फाइभ जी उद्योग समुदाय फाउन्डेशनबाट एक चुस्त र ओपेन इकोसिस्टम अलायन्स प्लेटफर्म मार्फत कन्भर्जड प्रविधि र व्यापार साझेदार समाधानको अन्वेषण गर्नको लागि यो ट्रिलियन अमेरिकी डलर बजारको गेट खोल्ने एक सुनौलो अवसर छ ।

हामी समुदायको प्रमुख योगदानकर्ताहरुमध्ये एक बन्न पाएका छौं र एपिएसी क्षेत्रमा अधिक व्यापार साझेदारहरु र संगठनहरुलाई संलग्न गर्नको लागि तत्पर छौं, “ह्वावे एशिया प्यासिफिक क्षेत्र, क्यारियर बिजनेस ग्रुपका अध्यक्ष डेनिस सियाओले भन्नुभयो ।

एपिएसी फाइभ जी उद्योग समुदायको योगदान सदस्यहरुबाट थप इनसाइट र कमेन्ट्रीको लागि https//www.gsma.com/asia–pacific/whats–new/ap5gic/ मा जानुहोस् ।

दुई भागको कथा

उत्तर एशिया र ओशिनिया क्षेत्र फाइभ जी डिप्लोयमेन्ट को लागि विश्वव्यापी अग्रगामी भएपनि एपिएसीमा अझै बाँकी क्षेत्रमा महत्वपूर्ण प्रगति गर्न सकिने ठाउँ छ । उद्योग, इकोसिस्टम विकास, इनोभेसनलाई शिक्षा र उचित वकालत को समर्थन दिन त्यहाँ एक उत्प्रेरणा रहेको छ ।

जस्तै, एपिएसी फाइभ जी उद्योग समुदाय फाइभ जी र यसको उद्योग र उद्यमहरुको लागि यसको लाभको बारेमा सोच्ने व्यक्तिहरुको लागि एक प्लेटफार्म निर्माण गर्ने छ जसले साथीहरुसंग कनेक्ट हुन र मोबाइल इकोसिस्टमको आउँदो पुस्ताको निर्माण गर्न आफ्नो ज्ञान शेयर गर्ने छ ।

इकोसिस्टमको उद्देश्य

फाइभ जी उद्योग समुदायको भागको रूपमा त्यहाँ तीन उद्योग इन्टरेस्ट समूहहरु फाइभ जी निर्माण, लजिस्टिक, पोर्ट र यातायात, र स्वास्थ्य सेवा रहेका छन् । यी समूहहरु सदस्यहरुलाई मद्दत गर्नेछः

१.    एक सिकाई संस्कृतिको प्रोत्साहनको लागि उद्योग साझेदारहरु र इनोभेटर्सहरुलाई इनोभेट गर्नको लागि फाइभ जी अनुभवहरु शेयर गर्ने

२.    उद्योगको आवश्यकताहरु बुझ्ने, परिदृश्यहरु र फाइभ जी का एप्लिकेसनहरु एक्सप्लोर गर्ने

३.    व्यावसायिक उपयोग, सन्दर्भ र उत्तम अभ्यासहरुलाई बढावा दिने

४.    नेटवर्क, इकोसिस्टम र नयाँ साझेदारी निर्माण गर्ने

सामुदायिक सदस्यहरुको लागि अतिरिक्त लाभमा सामेल हुन :

१.    नयाँ फाइभ जी उद्योग विकास र इनसाईट भएको एक नियमित न्यूजलेटर

२.    उद्योग इन्टरेस्ट समूह गतिविधिसम्म पहुँच

३.    फाइभ जी उद्योग रिपोर्ट र केस अध्ययनमा समावेश

४.    बोल्ने अवसर र जिएसएमए छन् गतिविधिहरुमा प्रदर्शन गर्ने, अर्थात्, वेबिनार, सम्मेलन र एक नयाँ छन् भ्रमण

५.    एक बि स्पोक नेटवर्किंग सेवा जहाँ व्यवसाय इनोभेटर्स, सामाजिक प्रभाव उद्यम र मोबाइल अपरेटरहरुसंग मेल खान्छ

एपिएसी फाइभ जी इन्डस्ट्री कम्युनिटीबारे थप जानकारीका लागि, जानुहोस https//www.gsma.com/asia–pacific/communities/ap5gic.