कीवर्डहरू -

प्रभु बैंकका ७ वटा एक्स्टेन्सन काउण्टरहरु सञ्चालन 

प्रभु बैंकका ७ वटा एक्स्टेन्सन काउण्टरहरु सञ्चालन 


नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।

झापााको भद्रपुर, सुनसरीको कोशीब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले आजदेखि एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई सेवा प्रारम्भ गरेको छ । 

भन्सार विभागका महानिर्देशक श्रीतोयम रायाज्यूबाट एक समारोहका विच बैंकको जलेश्वर भन्सार राजश्व संकलन काउण्टर समुद्घाटन भयो । त्यसैगरी अन्य भन्सार कार्यालयका एक्स्टेन्सन काउण्टरहरु सम्बन्धित भन्सार कार्यालयका प्रमुख ज्यूहरुबाट समुद्घाटन भएको हो ।