साउमीको एम आइ मिक्सको तेस्रो सिरिज घोषणा गरेको छ । नँया फिचरहरु समेटेर साउमीले आफ्नो नँया भर्जन मोबाइल बजारमा ल्याएको छ ।
साउमीको एम आइ मिक्स थ्री मा ६.४ इन्चको डिस्प्ले छ । यस्को स्क्रिन १९.५ः९ एस्पेक्ट रेसियोमा छ ।
एन्ड्रोइड ओरियो ८.१ भएको यस स्मार्टफोनको रिजोलुसन १०८०ह२३४० छ । यो मोबाइलमा डिस्प्ले प्रोटेक्सनको लागि कोर्निङ गोरिला ग्लास छ । ओक्टा कोर प्रोसेसर रहेको यस मोबाइलमा ६ जीबी वा ८ जीबी वा १० जीबी ¥याम राख्न मिल्ने छ । त्यसैगरि यो मोबाइलमा १२८ जीबी वा २५६ जीबी वा ५१२ जीबीसम्मको एसडी कार्ड सपोर्ट गर्छ ।
यो मोबाइलको क्यामराको कुरा गर्नुपर्दा यसमा डिउल १२ एमपी वाइड एङगल र २ पीडी डिउल कोर फोकस लेन्स प्लस १२ एमपी टेलीफोटो लेन्स रहेको छ । फ्रन्ट क्यामरामा भने डिउल २४ लार्ज पिक्सल प्लस २ एमपी लार्ज पिक्सल छ ।
साथै रियर क्यामरामा डिउल एलइडी फ्लास, एचडीआर र प्यानरोमाको पनि फिचर छन् । यस फोनमा फिङगर प्रिन्ट, एकसेलोरोमिटर, गाइरो, प्रोक्सीमिटी, कम्पास जस्ता सेन्सरहरु समावेश गरिएको छ ।
न्यानो डिऊ सिम राख्न मिल्ने यो स्मार्टफोनमा ३२०० एमएएच नन् रिमुभल लायन ब्याट्री छ र १० वाट् वायरलेस चार्जर र १८ वाट् क्युसी३.० चार्जर छ । लगभग ५०० युरो मुल्य रहेको यो मोबाइलको नेपाली मुल्य भने अझै तोकिएका छैन ।