कीवर्डहरू -

४ वटा रियर क्यामेरा युक्त सामसुङ ग्यालेक्सी ए ९

४ वटा रियर क्यामेरा युक्त सामसुङ ग्यालेक्सी ए ९

त्रिपल क्यामेरा भएको सामसुङ ग्यालेक्सी ए७ (२०१८) को सफलता पछि सामसुङ इलेक्ट्रोनीक्स कम्पनीले चार वटा क्यामेरा भएको “सामसुङ ग्यालेक्सी ए९ (२०१८)”, अक्टोबरमा लन्च गरेको छ । यसको पछाडी ४ वटा क्यामेराको प्रयोग गरिएको छ, जसले फोटोलाई गुणस्तरिय बनाउने छ ।


यसको ६.३ इन्च स्क्रिन रहेको छ र एन्ड्रोइड ८.० ओरीयो अपरेटिङ रहेको छ । यसमा ४÷६ जीबी ¥याम र १२८ जीबी स्टोरेज रहेको छ । यसको स्टोरेज मेमोरी कार्डको प्रयोग गरेर ५१२ जीबी सम्म बढाउन सकिन्छ ।


यसमा मेन चार वटा क्यामेरा २४ एमपी÷८ एमपी÷१० एमपी÷५ एमपी र सेल्फी क्यामेरा २४ एमपी रहेको छ । यसमा ४ जी डुअल सिमा को प्रयोग गर्न सकिन्छ । यसमा क्यवलकम स्न्यापड्रोइगन ६६० चिपसेट रहेको छ । यसमा छिटो चार्ज हुने नन–रिमुभएबल ३८०० एमएएच ब्याट्री रहेको छ । यसको अन्तराष्ट्रिय बजारमा ७२५ अमेरीकी डलर र ५९९ यूरो मूल्य बताईएको छ ।